गढवाको बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु

आलोक भावुक

गढवा, २७ फागुन । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सिलाई कटाई तालिम पश्चात् व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनुभयो। पालिकाले व्यवसाय गरे नगरेको छट्के अनुगमन गर्ने र यदि नगरेको पाए उप्रान्त यस्तो तालिम सञ्चालनका लागि बजेट बिनियोजन नगर्ने बताउनु भयो ।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले सिकेर घर बसे तालिमको कुनै औचित्य नहुने बताउनु भयो। एक महिने तालिमको अन्त्य तिर व्यवसाय दर्ता गरेर काम सुरु गर्ने गरी तालिम सिक्ने सबैमा आग्रह समेत गर्नुभयो। महिलाहरूलाई आत्मनिर्भर बन्न पालिकाले ठुलो लगानी गरेको बताउदै वडाध्यक्ष थापाले आत्मनिर्भर र रोजगारका लागि व्यवसाय गर्नै पर्ने बताउनुभयो।

तालिम फागुन २७ गतेदेखि चैत्र २७ गते सम्म सन्चालन हुने छ। तालिममा पहिले तालिम लिएका १० जना महिलाहरुलाई
स्तरोन्नति कटाई सिलाई थप तालिम दिन थालिएको गढवा गाउँपालिका उद्यम विकास शाखाले जानकारी दिएको छ। तालिममा वडा नम्बर ४ का ५ जना र वडा नम्बर ५ का ५ जना गरी कुल १० जना सहभागी रहेका छन्।
तालिमको प्रशिक्षकमा रेष्मा चौधरी रहनु भएको छ। तालिम उद्घाटन कार्यक्रममा ५ नम्बर वडा सदस्य पल्टुराम यादव, उद्यम विकास सहजकर्ता बिनु भुजेल, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतकाको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण उद्यम विकास सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID