गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु

आलोक भावुक

गढवा, २२ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको मंगलवार गढवामा सुरु भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा आतिथ्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सुभारम्भ भएकाे हाे ।

लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले पालिका स्तरीय खेलकुद प्रतियोगिता २०८०को उद्घाटन गर्नुभएको हो।

खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले खेल जगतबाट गाउं समाज हुंदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देशमा नाम चिनाउन सकिने भएकोले प्रत्येक पालिकाले उत्कृष्ट खेलाडीहरुको पहिचान गरी खेलक्षेत्रमा लाग्न प्रेरित गर्नु पर्ने बताउनुभयो। पालिकाले पालिका भित्रका खेलाडीहरुको पहिचानगरी खेलकुद क्षेत्रमा विकाश गर्न आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले छिमेकी पालिकाहरु संगको खेलकुद प्रतियोगिता गराएर खेलाडीहरुको पहिचान, समन्वय, सद्भाव बढाउने काम गरेको बताउनु भयो।खेलकुद स्वास्थ्यको लागि जति महत्त्वपूर्ण छ त्यति नै महत्वपूर्ण देशको लागि छ,पालिकाले खेललाई चासोका हेरेको र खेलाडीको पहिचान गरी खेलक्षेत्रमा बिशेष लगानी गर्ने पालिका अध्यक्ष पोख्रेलले बताउनु भयो।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद/शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको जनाएको छ। जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा सुरु भएको प्रतियोगिता फागुन २७ गते समापन हुनेछ।

फागुन २२ गते भएको गढवा गाउँपालिका र राप्ती गाउँपालिका बिचको फुटवल खेलमा राप्ती गाउँपालिकाले पेनाल्टी सुट आउट गर्दै ४-२ गोल अन्तरले गढवालाई पराजित गरेको छ। त्यसैगरी लमही नगरपालिका र राजपुर गाउँपालिकाबिचको खेलमा पेनाल्टी सुटआउटमा लमही नगरपालिकाले ३-१ गोल अन्तरले राजपुर लाई पराजित गरेको छ। त्यसैगरी गढवा गाउँपालिका जनप्रतिनिधि कर्मचारी तथा महिला शिक्षक र संघ संस्था महिला कर्मचारी बिच भएको मैत्रीपूर्ण खेलमा संघ संस्थाहरुको टिमलाई ५-४ गोल अन्तरले पराजित गरेको छ।
साताव्यापी खेलकुद प्रतियोगितामा फुटवल, भलिबल, क्रिकेट, कराते, तेक्वान्दो, एथ्लेटिक्स-१०० मिटर दौड, १५०० मिटर दौड, सटपुट र ज्याबलिङ थ्रो र व्याडमिन्टन खेल प्रतियोगिता हुए शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख श्याम बहादुर बिकले जानकारी दिनुभयो।
फागुन २३ गते गढवा गाउँपालिका वडा ३ र ५ बिच बिहान ७ बजे फुटबल खेल हुनेछ भने बिहान ८:३० बजे वडा नम्बर २ र ४ बिच खेल हुनेछ त्यसैगरी दिउँसो ३ बजे वडा नम्बर १ र ६ बिच खेव हुनेछ भने दिउँसो ४ बजेदेखि वडा नम्बर ३ र ४ बिच मैत्रिपुर्ण फुटवल प्रतियोगिता हुने अधिकृत बिकले जानकारी दिनुभयो।
त्यसैगरी क्रिकेट प्रतियोगिताको पहिलो खेल फागुन २३ गते ९ बजे देखी सुरु हुनेछ। पहिलो खेल वडा नम्बर ३ र ५ बिच हुनेछ भने दोस्रो खेल वडा नम्बर २ र वडा नम्बर ८ बिच हुने छ। त्यसैगरी एथलेटिक्सखेल फागुन २३ गते बिहिन ९ बजे १०० मिटर दौड (महिला, पुरुष) दिउँसो १२ बजे सटपुट थ्रो (महिला, पुरुष) र १:३० बजे ज्याबलिङ थ्रो (महिला, पुरुष) हुने खेल तालिका रहेको छ। त्यसैगरी महिला भलिबल खेलमा पहिलो खेल बिहान १० बजे वडा नम्बर २ र ७ बिच हुनेछ भने दोस्रो खेल ११ बजे वडा नम्बर ३ र ५ बिच हुनेछ । त्यसैगरी १२ बजे वडा नम्बर २ र वडा नम्बर ६ बिच हुनेछ। त्यसैगरी दिउँसो २ बजे वडा नम्बर ३ र ४ बिच हुनेछ भने छैठौ खेल वडा नम्बर ४ र ५ बिच हुने छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID