गढवाको बाकीँमा निशुल्क एकीकृत घुम्ती शिविर सञ्चालन, ल्याव सहितको सेवा पाउँदा स्थानीय खुसी

आलोक भावुक

गढवा, १८ फागुन। गढवा गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरुको सहजताका लागि सुरु गरेको एकीकृत घुम्ती शिविर शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा सम्पन्न भएको छ।

गढवा गाउँपालिकाले पालिकाको आठ वटै वडामा निशुल्क घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन गाउँपालिका धाउनु परेको छैन । आठ वटै वडामा सञ्चालित घुम्ती शिविरबाट हजारौले स्वास्थ्य सेवा लिएको गढवा गाउँपालिकाले जनाएको छ ।

शुक्रबार ५ नम्बर वडा कार्यालयबाट सञ्चालन भएको निशुल्क एकीकृत घुम्ती शिविरमा स्वास्थ्य शाखातर्फ १ सय १ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । एकसय एक जनाको सुगर, पिसाब र बल्डप्रेसर चाँच समेत गरिएको हो। चेकजाँचबाट १३ पुरुष र ८ महिलाको ब्लड प्रेसर सामान्य नरहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख द्रौपदा सुबेदीले जानकारी दिनुभयो ।उपप्रमुख सुबेदीका अनुसार चेकजाँचका क्रममा ३१ जनालाई सुगर भएका बिरामी भेटिएका छन् भने ६७ जनाको सुगर सामान्य रहेको पाईएको छ।

त्यसैगरी पशुपंक्षी तथा मत्स्य विकास शाखातर्फ कुल एक सय २३ जना पशुपंक्षी पालक कृषकहरुले निःशुल्क सेवा लिनु भएको छ। एकिकृत घुम्ती शिविरबाट ६ सय ३५ भेडाबाख्राहरुको लागि औषधी वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीले जानकारी दिनु भयो। अधिकृत चौधरीका अनुसार ३ सय ४८ गाई गोरु र भैंसीका लागि औसधी वितरण भएको छ भने एक हजार दुई सय १५ कुखुरा हांसका लागि औषधी वितरण भएको छ।निशुल्क एकीकृत घुम्ती शिविरमा बाख्रा, भेडा गरी ५ सय ५५ लाई पिपिआर खोप लगाईएको छ ।

त्यसैगरी कृषि विकास शाखातर्फ २२ जना कृषकहरुले ल्याइएका माटोको नमूना परिक्षण गरिएको छ । २२ जनाको माटो परीक्षण गर्दा क्षरिय मात्र बढी, पोटिस फसफोरस र नाइट्रोजन मध्ययम रहेको कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो।

त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखातर्फ अपाङ्गता भएका ३ जना बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको छ भने २ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता वितरणका लागि ३२ जनाको अद्यावधिक गरिएको छ भने १४ जना जेष्ट नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गरिएको छ ।

गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा सम्पन्न भएको छ।

गढवा पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन सहज भएको छ । घुम्ती शिविरमा ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नविकरण, सामान्य स्वस्थ्य परिक्षण तदा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परिक्षण, जेष्ठ नागरिक परिचय पत्र वितरण, पशुपंक्षी सेवा कृतिम गर्भधान, पशु बन्ध्याकरण, उपचार, कृषि सेवा माटो परीक्षण, बाली उपचार, ईएफटी कार्यको लागि विवरण अद्यावधिक/सामाजिक सुरक्षा लगायतको सेवा एकिकृत घुम्ती शिविरबाट दिएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID