गढवाको गोबरडियामा एकमहिने सिलाई कटाई तालिम सुरु, व्यवसायीक रुपमा काम गर्न जोड्

आलोक भावुक

गढवा, १३ फागुन । सिप सिकौ, स्वरोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ का ३६ जना महिलाहरुलाई सिलाई कटाई एडवान्स तालिम आइतबार देखी दिन सुरु गरिएको छ।

३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एक महिने तालिमको उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिलाई कटाई तालिम पश्चात् व्यवसायिकरुपमा काम गर्न अनुरोध गर्नु भयो । व्यवसायिक रुपमा काम गरे व्यवसाय सञ्चालनमा आईपर्ने समस्यामा पालिकाले सहजिकरण गर्ने बताउनु भयो । तालिम लिएर व्यवसाय सञ्चालन नगरे पुनः सिलाई कटाई तालिम सञ्चालनका लागि बजेट बिनियोजन गर्न नसकिने बताउनुभयो । तालिम लिने तर काम नगर्ने यो प्रवृतिले तालिम उपलब्धिमुलक भएन अब काम गर्ने लाई एडवान्स तालिम र अन्य आवश्यकता अनुसार सहजीकरण पालिकाले गर्छ अध्यक्ष पोख्रेलले बताउनु भयो ।

त्यसैगरी एक महिने सिलाई कटाई तालिमको उद्घाटन कार्यक्रममा बोल्दै ३ नम्बर वडाका वडाध्यक्ष तुल्सीराम अधिकारीले तालिम भन्ने बित्तिकै ठुलो संख्यामा सहभागी हुने मनसाय व्यक्त गर्ने तर काम नगर्ने, तालिम सिकेर त्यससंग सम्बन्धीत काममा कुनै चासो नदिने लाई वडाबाट निगरानी गर्ने गरेको र काम गर्ने लाई मात्र तालिममा सहभागी गराउने गरेको बताउनु भयो । तालिम लिने, तर काम नगर्ने ठुलो समस्या भयो अव त्यस्तो गर्नेलाई तालिममा सहभागी गराउने बारे सोच्नै पर्ने बताउनुभयो।

तालिमको प्रशिक्षकमा सोनी कुमारी चौधरी र सरस्वती चौधरी रहनु भएको छ। उद्घाटन कार्यक्रममा वडा सदस्यहरु, ३६ जना सहभागीहरु, कार्यपालिका सदस्य लगायतकाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID