होटेलमा छोरीलाई छोडेर आमा हिडेपछि…

टेकबहादुर पुन

दाङ,११ फागुन । आमालाई भगवानका रुपमा हेरिन्छ । सायद आफ्नो सन्तानलाई जन्मदिनेदेखि हुर्काउनका लागि महत्वपूर्ण भूमिका हुने भएकाले पनि आमालाई भगवानका रुपमा हेर्ने गरिन्छ । त्यही भएकाले पनि त बुबाभन्दा बालबालिकाले आमालाई धेरै माया गर्ने गर्दछन् । तर कहिलेकाही धेरै माया गर्ने आमा पनि बालबालिकालाई बैगुनी भैइदिन्छन् ।

शुक्रवार लमहीमा पनि त्यस्तै घट्ना भइदियो । लमहीको बसपार्कस्थीत एक होटेलमा नास्ता खान पुगेकी एक महिलाले आफ्नो छोरीलाई छोडेलमै छोडेर हिडिन । लमही बजारको तल्लो बसपार्कमा रहेको सस्तो एण्ड मःम चाउमिन सेन्टरमा नास्ता खान पुगेकी महिलाले आफ्नो बच्चालाई होटेलमा छोडेर हिनेकी थिइन । बच्चा एक्लै भएर रुन थालेपछि सुरुमा खोजी गरेको कतै पत्ता नलागेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा बालिकालाई होटेलमा छोडेर जाने महिला राप्ती सोनारी गाउँपालिका–१ बाँके निवासी अमृता चौधरी भएको पत्ता लागेका थियो । प्रहरीका अनुसार अमृता प्रेमी सुशान्त गुप्तासँग बालिका छोडेर भागेकी थिइन । उनी पोखराबाट धनगढी जाने क्रममा लमहीमा बच्चालाई छोडेर हिडेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अमृताले बिहीवार बेलुका आफ्नी आमा सरिता चौधरीलाई फोन गरि लमही आउँदै गरेको र बच्चालाई लिनका लागि आउन आग्रह गरेकी थिइन । शुक्रवार बिहान लमहीमा आइपुगेपछि पनि आमालाई पुनः उनले फोन गरेकी थिइन । आमा नआएपछि उनी बच्चालाई होटेलमै छोडेर सुटुक्क हिडेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा अलपत्र परेकी ती दुई बर्षीय बालिका तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ निवासी निर्मलजंग चौधरी र अमृता चौधरीकी छोरी रहेको खुलेको छ । अमृता र निर्मलको ३ बर्ष अघि बिबाह भएको थियो । घरायासी बिवाद हुने र श्रीमानले कुटन थालेपछि आफु अर्काे बिबाह गरेको बताएकी छिन ।

प्रहरीका अनुसार अमृता भारत घरभई काठमाडौँमा ब्यबसाय गर्दै आएका सुशान्त गुप्तासँग गएको असोज १७ गते छोरीसँगै भागेकी थिइन । अमृता भाग्दा उनका श्रीमान रोजगारीका क्रममा भारतमा थिए । श्रीमति छोरीसहित सम्पर्कविहिन भएपछि घर आएका निर्मलले असोज २२ गते श्रीमती हराएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए । होटेलमा छोडिएकी बालिकालाई उनका बुबा निर्मलले लिएर गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । प्रहरीका अनुसार अमृता र सुशान्तको खोजी कार्य जारी छ ।

मा प्रकाशित