गढवाको मानपुरमा एकिकृत घुम्ती शिविर सम्पन्न, हजारौ पशुचौपायाको उपचार तथा औषधि वितरण

आलोक भावुक

गढवा, ११ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर शुक्रबार गढवा-७ मानपुरमा सम्पन्न भएको छ ।

गाउँपालिकाले गाउँपालिकाबासीहरुको सहजताको लागि ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नविकरण, सामान्य स्वस्थ्य परिक्षण तदा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परिक्षण, जेष्ठ नागरिक परिचय पत्र वितरण, पशुपंक्षी सेवा कृतिम गर्भधान, पशु बन्ध्याकरण, उपचार, कृषि सेवा माटो परीक्षण, बाली उपचार, ईएफटी कार्यको लागि विवरण अद्यावधिक/सामाजिक सुरक्षा लगायतको सेवा एकिकृत घुम्ती शिविरबाट दिन थालिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो।

गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा सम्पन्न एकिकृत घुम्ती शिविरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट अपाङ्गता परिचयपत्र वितरणको लागि १० जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने ६ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ।

त्यसैगरी कृषि विकास शाखातर्फ ६ जना कृषकहरुको माटो परीक्षण गरिएको छ। माटो परीक्षणबाट क्षरिय बढी भएको छ भने फसफोरसको मात्र सामान्य भन्दा थोरै बढी रहेको देखिएको छ।

त्यसैगरी उद्योग संघ संस्थातर्फ एकीकृत घुम्ती शिविरबाट एक जनाले नयाँ पसल दर्ता गराउनु भएको छ ।त्यसैगरी स्वास्थ्य शाखातर्फ कुल १ सय ४१ जनाले स्वास्थ्य चेकजाँच गरिएका छन् जसमध्ये १ सय ३४ जनाले ल्याव सेवा लिनु भएको छ। ल्याब तर्फ १४ जनामा सुगर देखिएको छ भने अन्यको सामान्य रहेका छन्।

त्यसैगरी पशुपंक्षी तथा मत्स्य विकास शाखातर्फ कुल २ सय ९८ जना सेवा ग्राहीले सेवा लिएका छन् ।एकीकृत घुम्ती शिविरबाट कुल १ हजार १ सय ३५ पशुको स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधी वितरण गरिएका छ। जसमध्ये १ सय ३५ गाईभैसी, भेडाबाख्रा १ हजार १ सय २१, बंगुर ९९ र कुखुरा १ हजार ७ सय ५४ लाई औषधि वितरण तथा उपचार गरिएको छ। त्यसैगरी पञ्जिकरण शाखातर्फ ४ ओटा परिचयपत्र वितरण भएको छ भने १९ वटा अद्यावधिक भएको छ।

एकीकृत शिविर आइतबार गढवा गाउँपालिका वडा नम्बर ३को वडा कार्यालयमा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।

मा प्रकाशित