गढवाको महदेवामा तिनदिने आधारशिला तालिम सुरू, महिला सशक्तिकरण र आत्मनिर्भर बनाउने मुख्य उद्देश्य  

आलोक भावुक

गढवा, १० फागुन। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियोजनाद्वारा समूहका सदस्यहरुका लागि तिनदिने आधारशिला तालिम विहिवार गढवा २ महदेवामा सुरु भएको छ।

मनकामना उद्यमी महिला समूह मानपुरका अध्यक्ष सरस्वती चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा तालिमको शुभारम्भ भएको हो।

तिनदिने आधारशिला तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले महिला शसक्तिकरण र आत्मनिर्भर बनाउने उद्देश्यले भिटा परियोजना कार्यक्रम सुरु गरिएको बताउनु भयो। महिला शसक्तिकरण नभए सम्म समाजमा उल्लेखनीय बिकाश नहुने भन्दै महिला सशक्तिकरण

र आत्मनिर्भर बनाउन कार्यक्रमबाट बिभिन्न गतिविधि सञ्चालन भएको बताउनुभयो। सामुहिक रुपमा व्यवसाय गरी एकले अर्को लाई सहयोगरुपी भावनाको बिकाश गर्दै असल समाज निर्माणमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै अध्यक्ष पोख्रेलले समाजको हरेक सकरात्मक गतिविधिमा महिलाहरुलाई सहभागी गराने गरी आफुहरु लागेको बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID