गढवाको गंगाप्रसपुरमा पुनरताजगि कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, ८ फागुन। सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक मेलमिलापकर्ताहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने महत्वपूर्ण बुँदाहरुको बिषयबस्तुको बारेमा जानकारी दिनु भएको थियो। मेलमिलापकर्ताहरुको पुनरताजगि कार्यक्रम बोल्दै उपाध्यक्ष शारदा कुमारी चौधरीले मेलमिलापकर्ताले समाजमा देखिएका विवादलाई दुवै पक्षको सहमतिमा मिलापत्र गराउने भएकाले समयसापेक्ष कानुनी कुरा र यसको अभ्यासलाई पुनर्ताजगी गराइराख्नुपर्ने बताउनुभयो। मेलमिलापकर्ता भनेको फैसला गर्ने नभएर विवाद समाधान गर्न उत्प्रेरित गर्ने व्यक्ति मात्रै भएको बताउनुभयो। मेलमिलापकर्ताको जिम्मेवारी, कानुनी व्यवस्था, विवाद समाधानका विषयमा छलफल तथा अन्तरक्रिया, सहमति पत्र बनाउने विधिजस्ता विषयमा व्यापकरुपमा अध्ययन गर्न सम्पूर्ण सामुदायिक मेलमिलापकर्ताहरुलाई अनुरोध गर्नु भयो ।

उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का सामुदायिक मेलमिलापकर्ताहरुलाई सफत समेत खुवाउनु भएको थियो ।

कार्यक्रम ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, न्यायिक समिति सदस्य रेखा थापा, उजुरी प्रशासक सुरेश पौडेल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

मा प्रकाशित