जनयुद्ध दिवसको अवसरमा राप्तीमा संचालित फूटवल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबको समूह `ए´लाई

 तुल बहादुर कवँर मगर

देउखुरी, ६ फागुन । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबको समूह `ए´ ले जितेको छ।

शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै समूह `बी´ बीच भएको खेलमा समूह `ए´ले समूह `बी´ लाई २-० गोल अन्तरले हराउँदै उक्त उपाधि जितेको हो ।

प्रतियोगितामा युनाइटेड लालमटिया फुटबल क्लबको समूह `बी´ उपविजेता भएको छ। विजेता हुने टिमले २० हजार र उपविजेताले १२ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

फागुन १ गतेदेखि राप्ती गाउँपालिका -२ लालमटिया स्थित टुडिखेलमा सुरू भएको प्रतियोगितामा राप्ती गाउँपालिका,गढवा गाउँपालिका ,सितगंगा नगरपालिका र लमही नगरपालिकाका गरी जम्मा १३ समूहको सहभागिता रहेको थियो। विजयी समूहका खेलाडीहरु लाई नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण शर्माले मेडल,नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष शर्माले खेलकुदले युवाहरुको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID