बालकल्याण आवि बालाखुटीमा सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, २ फागुन। बाल कल्याण आधारभुत विद्यालय गढवा – ६ बालाखुटिमा बिहिवार सरस्वती पुजा तथा सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ।

बालकल्याण आधारभूत विद्यालय बालाखुटीका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाको अध्यक्षता तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष तथा शिक्षाबिज्ञ कमल शिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शिक्षा बिज्ञ कमल शिलवालले शिक्षाको साथै स्वास्थ्य पनि जिवनको लागि महत्वपूर्ण भएको बताउनुभयो। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि गरेको प्रयास अभिभावकहरुको साथ सहयोगले सफल हुने बताउदै सबैजनाको शाथ सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षकहरुका लागि संयुक्त तथा छुट्टाछुट्टै विभिन्न कार्यक्रमहरु गरी निरन्तर लागे झै अभिभावक, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी सबैलागे मात्र शिक्षामा बदलाव हुन सक्ने सिलवालले बताउनुभयो।

त्यसैगरी कार्यक्रम गढवा सर्पदंश उपचार केन्द्रका प्रमुख देविराम आचार्यले सर्पदंशका कारण देशमा बर्षेनी कैयौ विद्यार्थीहरुको अकालमै ज्यान गरेको दुखद घटनाहरु घट्न नदिन सर्पदंश उपचार केन्द्रले गढवा गाउँपालिकाको विद्यालयहरु सर्पदंश संग सम्बन्धीत सबै जानकारीहरु विद्यार्थीलाई गराउन गरी कार्यक्रम तय गरेको बताउनु भयो।

गढवा सर्पदंश उपचार केन्द्र गढवाका प्रमुख देविराम आचार्यले बिषालु सर्प र सर्पको डसाई बाट कसरी बच्न सक्ने लगायतका बिभिन्न बिषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सिताराम यादव, गढवा सर्पदंश उपचार केन्द्र गढवाका प्रमुख देविराम आचार्य, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, अभिभावक, विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक सुदन केसीले गर्नु भएको थियो ।

मा प्रकाशित