माध्यमिक विद्यालय चैनपुरको ६१औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न

आलोक भावुक

गढवा, २ फागुन। माध्यमिक विद्यालय चैनपुरको ६१ औं वार्षिक उत्सव, अभिभावक दिवस, सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम बिहिबार गढवाको चैनपुरमा बिहिवार सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारिका प्रसाद यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षामा गुणस्तर सुधारको लागि अभिभावक शिक्षा कार्यक्रम लागु गरेको बताउनु भयो ।सामुदायिक विद्यालय प्रतिको हेराई सबै अभिभावकले बदल्नु पर्ने बताउदै सामुदायिक विद्यालयहरुमा परिणाम मुखी हुनुपर्ने बताउनुभयो। अभिभावक, शिक्षक, विद्यालय व्यास्थापन समिति, शिक्षक अभिभावक संघ लगाएत सबैको चासो र सक्रियता नभए सम्म शैक्षिक क्षेत्रमा गुणस्तर सुधार गर्न नसकिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका काम कर्तव्य धेरै रहेको बताउदै शिक्षामा गुणस्तर सुधारका लागि सबैको चासो हुनु पर्ने बताउनुभयो । शिक्षकहरुले आफ्नो पेशा जागिर लाई मात्र देशको सुनौलो भविष्य सुन्दर बनाउने जिम्मेवारी समेत आफ्नो हातमा रहेको सम्झिदै थप जिम्मेवार हुनुपर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक उपलब्धिको प्रशंसा समेत गर्नु भएको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयको शैक्षिक सुधारका लागि बिभिन्न समयमा साथ सहयोग गर्ने र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाईहरु सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

सम्बत् २०१९ सालमा स्थापना भएको विद्यालयले हाल प्रथामिक तह देखी उच्च माध्यमिक तह ११ र १२ साथै प्रि डिप्लोमा तह १८ महिने भेटेनरी प्राविधिक कक्षा समेत सञ्चालन गरिरहेको छ ।

विद्यालयले गढवा-६ मनिकापुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन, गढवा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय स्थान हांसिल गरेको, गाउँपालिका स्तरीय प्रतियोगितामा प्रावि तहमा प्रथम स्थान हासिल गरेको, शैक्षिक गुणस्तर सुधारका ६-७-८-९र १० कक्षाका विद्यार्थीहरुका लागि अतिरीक्त कक्षा सञ्चान भैरहेको, कक्षा ११ र १२ मा माई सेकेन्ड टिचर कर्याक्रम लागु गरेको, विद्यालयमा सञ्चालित सिटिईभिटि परिक्षामा ९४.१२ प्रतिशत नतिजा ल्याउन सफल भएको लगायतकाको सफल्ता हांसिल गरेको प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो ।

नेपालभरका विभिन्न प्राविधिक शिक्षालयहरु मध्ये गढवा गाउँपालिका बाट एक विद्यालय मावि चैनपुर क्वालिटी परियोजनामा पर्न सफल भएको विद्यालय हो भएको प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

 

शिक्षक अभिभावक संघका अध्यक्ष रामशरण यादव, शिक्षा प्रेमी बुद्धिजीवी प्रदिपराज शर्मा, सिपि नेपाल चैनपुर कार्यक्रम अधिकृत हेमराज शर्मा, प्रथामिक विध्यालय खज्रौटाका प्रधानाध्यापक राम सेवक यादव, ज्ञान बहादुर चौधरी, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, अर्जुन कुमार बुढाथोकी, पूर्व शिक्षक टंक बहादुर बुढाथोकी, शान्ता केसी, पुर्वा सल्लाहकार तुला बहादुर सिंह लगायतकले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन तथा आगामी शैक्षिक कार्ययोजनावारे प्रतिबेदन विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक दाम बहादुर बिसीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID