ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुल  गढवाको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

गणतन्त्रनेपाल समाचारदाता

ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुल  गढवाको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गढवामा सम्पन्न भएको छ ।

ज्ञान ज्योति बोर्डिङ स्कुल गढवाका ब्यबस्थापन समिति अध्यक्ष सन्तोष कौशलको सभापतित्व तथा एन प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डांगीको प्रमुख आतिथ्य तथा एन प्याब्सन दाङका सचिव शालिक राम कार्किको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डांगीले विध्यालयले २२औ वार्षिक उत्सव मनाइरहँदा प्राप्त उपलब्धिहरु अतुलनीय रहेको बताउनुभयो। विद्यालयले शिक्षा क्षेत्रमा गरे प्रगति विद्यार्थी संख्याले उल्लेख गरिरहेको बताउनुभयो। साथै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना समेत दिनु भयो।

वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल ,लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त,शुभतारा बोर्डिङ स्कुलका प्रिन्सिपल विकाश रजौरे, बुद्ध ज्योति बोर्डिङ स्कुलका गढवाका प्रवन्ध निर्देशक शंकर पाण्डे,रोजि बड्स बाल बालिका लमहिका प्रिन्सिपाल बसन्त न्यौपाने,गोर्खा बोर्डिङ स्कुल लमहिका यम डांगी ,नेपाल बोर्डिङ स्कुलका प्रीन्सिपाल निर्मल रावत ,भ्याली पब्लिक बोर्डिङ स्कुल गढवाका प्रिन्सिपल रोसन धिताल डिवेल बोर्डिङ स्कुलका भानु यादव,बाल संसार एकेडेमी गढवाकि प्रीन्सिपाल श्रृजना धमला,देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका उपाध्यक्ष नारायण पन्डित ,प्रावि खजरौटाका प्रधानाध्याक सेवक राम यादव, गढवा स्वास्थ्य केन्द्रका सुर्य नारायण यादव,सिपि नेपालकि शिखा कुमाल,गढवा होटेल ब्यबसायि संघका अध्यक्ष राम बहादुर थापा,ब्रह्म कुमारी बिश्वबिद्धालय गढवाकी यसोदा भट्टराई, रेडियो साझा आवाजका दुख हरण यादव, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक, पत्रकार शिवराज पन्थि लगायतको सहभागिता रहेको थियो ।

बिद्यालयका प्रधानाध्यापक दीपक कुमार यादवले कार्य प्रगति र भावि योजना सहितको संस्थागत प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
बिद्यालयका भ्इवाईस प्रीन्सिपाल सन्जीवकुमार चौधरीको स्वागत मनत्व्यबाट शुरु भएको कार्यक्रमको सन्चालन शिक्षिका यति देवि चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID