गढवा, २१ माघ । जनता माध्यमिक विध्यालय गढवाको निर्वाचनमा निर्वाचित हुनु भएका सदस्यहरुले आज पदभार ग्रहण गर्नु भएको छ।
निर्वाचित ४ सदस्यीय र मनोनित २ सदस्यहरुहले जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा गणेश कुमार कुमाल लाई अध्यक्ष पदमा सर्वसम्मत रुपमे चयन गरेका छन्।
सोमबार जनता माध्यमिक विद्यालय गढवाको नव गठित विद्यालय व्यवस्थापन समितिको सम्पन्न बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेश कुमार कुमाल लाई छनौंट गरी आफुहरु सदस्यपदमा बस्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले जानकारी दिनुभयो। साथै सम्पन्न बैठकले २ जना मनोनित सदस्यहरुमा शिक्षा प्रेमी बुद्धिजीवी देवराज यादव र चन्दादाता शान्ता यादवलाई मनोनित गरेको छ।
यही माघ २० सम्पन्न निर्बाचनबाट विद्यालय व्यवस्थापन समितिका लागि ४ सदस्यीय निर्वाचित भएका थिए। निर्वाचित सदस्यहरुमा गणेश कुमार कुमाल,छुकनीया चौधरी, हिमा परियार र टिका राम चौधरी भारीमतले निर्वाचित भएका थिए।
कुल ८ सय ७४ मतदाता रहेको सो विद्यालयको निर्वाचनमा ५ सय ९२ मत खसेको थियो भने १९ मत बदर भएको हो।
५ सय ९२ मत मध्ये अध्यक्ष गणेश कुमार कुमालले ४ सय २९ मत ल्याई निर्वाचित हुनु भएको थियो। भने छुकनीया चौधरी ४ सय २ मत, हिमा परियार ३ सय ९९ मत र टिका राम चौधरी ३ सय ९८ मत प्राप्त गरि निर्वाचित हुनु भएको थियो।
चार जना निर्वाचित सदस्यहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुन्न पाउने प्रावधान अनुसार गणेश कुमार कुमाल लाई जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले जानकारी दिनुभयो।