प्रेस चाैतारी दाङको अध्यक्षमा : राम्जा

ओमप्रकाश गुप्ता

दाङ २० माघ । प्रेस चौतारी नेपाल दाङ शाखाको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित भएका छन् ।

शनिबार दाङको तुलसीपुरमा सम्पन्न बिस्तारित भेलाले राम्जालाई अध्यक्षमा निर्वाचित गरेको हो । २ सदस्य रिक्त रहने गरि २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा माधव कँडेल, बसन्त परियार, रमा नेपाली, निता चौधरी, अभिषेख डाँगी, उत्तम अधिकारी, अर्जुन परियार, हिमाल विश्वकर्मा, कपिलमणि लामिछाने, जीवन अधिकारी, महेश बस्नेत, हिमाल खड्का, चेतन वली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, प्रेमकुमारी बुढामगर, सुरक्षा चौधरी, निशाकुमारी चौधरी, ललित कुमाल र वर्षा केसी रहेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID