जनता मावि गढवाको विव्यसको मतदान सम्पन्न, ६८ प्रतिशत मतदान

आलोक भावुक

गढवा, २० माघ। जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको मतदान सम्पन्न भएको छ। मतदानमा ६८ प्रतिशत मतदान भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो।

८ सय ७४ मतदाता संख्या रहेको जनता माध्यमिक विद्यालय गढवाको मतदान सनिवार बिहान ८ बजेदेखि सुरु भई ३ बजे सम्पन्न भएको छ। मतदानमा ५ सय ९२ मतदाताले मतदान गरेको र अबको केही समयमै मतगणना सुरु हुने संयोजक बिकले बताउनु दिनुभयो।

विद्यालयको विध्यालय व्यवस्थापन समितिको चयनसर्वसम्मत हुनहनसकेपछी निर्वाचन प्रक्रियामा गएको हो। चार जना सदस्य पदका निर्वाचन भैरहेको छ जसमा ८ जना उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान हुनेमा बिश्वस्त रहेका छन्।

एका तिर नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, सहितको प्यानल रहेको छ भने नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (बिप्लव), एकीकृत समाजबादी र अन्य केही राजनीतिक पार्टीहरुको समर्थन रहेको छ।

निर्वाचनमा गणेश कुमार कुमाल, छुकनिया चौधरी, हिमा परियार, टिका राम चौधरी रहेका छन् भने गोपाल प्रसाद पाण्डेय, निता चौधरी, हरिराज चौधरी र देवका नेपाली सदस्यपदका उम्मेदवार रहनु भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID