गढवा, २० माघ। जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको मतदान सुरु भएको छ।
८ सय ७४ मतदाता संख्या रहेको जनता माध्यमिक विद्यालय गढवाको मतदान सनिवार बिहान ८ बजेदेखि सुरु भएको हो।मतदान ५ बजे सम्म चल्ने त्यसपछी मतगणना हुने र मतपरिणाम सार्वजनिक हुने निर्बाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो। मतदान प्रक्रिया सकिएपछी आजै मतगणना हुने बताईएको छ।
बिहान साढे नौ बजे सम्म १७ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ।
विद्यालयको विध्यालय व्यवस्थापन समितिको चयनसर्वसम्मत हुनहनसकेपछी निर्वाचन प्रक्रियामा गएको हो। चार जना सदस्य पदका निर्वाचन भैरहेको छ जसमा ८ जना उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान हुनेमा बिश्वस्त रहेका छन्।
एका तिर नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, सहितको प्यानल रहेको छ भने नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (बिप्लव), एकीकृत समाजबादी र अन्य केही राजनीतिक पार्टीहरुको समर्थन रहेको छ।
गणेश कुमार कुमाल, छुकनिया चौधरी, हिमा परियार, टिका राम चौधरी, गोपाल प्रसाद पाण्डेय, निता चौधरी, हरिराज चौधरी र देवका नेपाली सदस्यपदका उम्मेदवार रहनु भएको छ।