गढवामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम

आलोक भावुक

गढवा, १४ माघ। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ ।

मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो।

न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । पुनरताजगि कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले बोलि व्यवहारको विकास गर्न सके मेलमिलापकर्ताहरुको लागि पुनरताजगि कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ कावडा अध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाको न्यायिक समितिले नमुनाकामहरु गर्दै आएको बताउनुभयो। जटिलभन्दा जटिल बर्षौदेखीको मुद्दाहरु सजिलै मेलमिलापगरी मिलाएको बताउदै न्यायिक समितिको कार्यसम्पादन उत्तम भएको बताउनु भयो। आउने दिनहरुमा सामुदायिक मेलमिलापकर्ताले वडा कार्यालय बाटै मेलमिलाप गर्ने शुभारम्भ गरे जनतालाई सहज हुने बताउनुभयो। सबैको पहुँचको आधारमा मेलमिलापकर्ताहरुको उपस्थिति हुने गरी कार्यक्रम अघि बढाउन सुझाव दिनु भयो।


मेलमिलापकर्ताका लागि पुनरताजगि कार्यक्रममा विवाद, मेलमिलापको पद्धति, मेलमिलाप सम्वन्धि प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता, सहमतीय निकास लगायतका विविध पक्षमाथि
छलफल गरिएको थियो।
पुनरताजगि कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष तथ्य न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले वडा नम्बर १, २ र ३ का सामुदायिक मेलमिलापकर्ताहरुलाई सफत समेत खुवाउनु भएको थियो।
कार्यक्रममा न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल, उजुरी प्रशासक सुरेश पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द, २ नम्बर वडाका सचिव अनिशा चौधरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID