
गढवा, १२ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालले आफ्नै आर्थिक सहयोगमा निर्माण गरेको घर शुक्रबार घरधनीलाई हस्तान्तरण गरिएको छ।
गढवा गाउँपालिका वडा नम्बर ६ कुमालटोलका बल्लु कुमाल चौधरी र उहाँको छोरी सुनिता कुमालको घर क्रियटिङ पोसिबिलिटिज नेपालले निर्माण गरेर आज हस्तान्तरण गरिएको हो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगरको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
अत्यावश्यक सुविधा सहितको घर हस्तान्तरण गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका महिला सशक्तिकरण संयोजक सरिता चौधरीले जानकारी दिनुभयो। सिपि नेपालले ७ लाख १० हजारको लागतमा घर निर्माण गरेको संयोजक चौधरीले बताउनु भयो ।घरको साथै ट्वाइलेट, बाथरुम नल्का ट्यांकी, बिध्धुतको सबै काम गरेर हस्तान्तरण गरेको बताउनु भयो ।
मा प्रकाशित
