घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता

सविन प्रियासन

घोराही,११ माघ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताउनु भएको छ । घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘यातायात क्षेत्रको व्यापक सुधारका लागि म क्रियाशिल छु, सर्वसाधारणलाई सहज सेवा दिने सवालमा मैले सक्दो काम गर्नेछु’ मन्त्री थापाले थप्नुभयो, ‘म घोराहीमा यातायातको सेवा कार्यालय खोल्ने सवालमा सम्बन्धित अन्य पक्षहरुसँग छलफल गरेर केही गर्नेछु ।’
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, सल्लाहकारहरु बसन्त जोसी, खड्ग बुढाथोकी, निरन्जनराज भण्डारी, सनत गिरी, उपसंयोजक अनिल आचार्य, सचिव दिपक गिरीलगायतको उपस्थितिमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले यातायात क्षेत्रमा रहेको सबै खाले बिकृतिलाई जसरी हुन्छ अन्त्य गर्न लागि पर्ने बताउँदै यातायात क्षेत्रको सुधारका लागि सबैले साथसहयोग गर्नुपर्ने बताउनुभयो । घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा बिस्तारको सन्दर्भमा मन्त्रालयमै आएर भेटघाट गर्दा अझ बढि प्रभावकारी हुने र यस विषयमा सचिवलगायत कर्मचारीहरुसँग पनि बुझेर निर्णय गर्नु पर्ने भएकाले अभियानकर्मीहरुलाई मन्त्री थापाले मन्त्रालयमा आमन्त्रण समेत गर्नुभयो । यस विषयमा घोराही बनाऔं अभियानको तर्फबाट आइतबार मन्त्री थापासहित मुख्यमन्त्री, अर्थमन्त्री लगायतका व्यक्तिहरुसँग मन्त्रालयमै छलफल गरिने भएको छ । आइतबार प्रदेश मन्त्रालयमा डेलिगेशनकारुपमा छलफल गर्न जाने तयारी गरिएको घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले जानकारी दिनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID