दाङको गढवा गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रम लागू हुने बारे कार्यशाला सम्पन्‍न 

आलोक भावुक

गढवा, ७ माघ । विद्यालय शिक्षालाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा याे कार्यक्रम लागू गर्नेबारे कार्यशाला गरिएको हाे। यसै क्रममा आइतबार गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ अध्यापन गराउने शिक्षकहरुका लागि शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि, लर्निङ पेलेट फार्म सम्बन्धी एक दिवशीय कार्यशाला गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यशालामा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अबको शिक्षा व्यवहारिक, उत्पादन मुलक र प्रविधिमैत्री हुनु पर्ने बताउनुभयो ।आत्मनिर्भर बन्नको लागि अबको शिक्षा किताबमुखी भन्दा प्रविधिमैत्री हुन आवश्यक रहेको अध्यक्ष पोख्रेलको भनाई थियो।शिक्षामा टोक्नोलोजी प्रयोग नगरे शिक्षामा केही गर्न नसकिने बताउनुभयो। युवाहरुलाई बिदेश पलायन रोक्न प्रविधिमैत्री शिक्षा दिनुको बिकल्प नरहेको बताउनुभयो।

माई सेकेन्ड टिचर कर्याक्रम क्याम्वृज युनिर्भरसिटी र थाईन्याडको प्याडागोजी डिर्पाटमेन्ट द्धारा विकास गरिएको हो। अहिले यो कार्यक्रम विश्वका ५० भन्दा बढि देशहरुमा संचालन भैरहेको माई सेकेन्ड टिचर कर्याक्रमका प्रमुख मधा भट्टराईले जानकारी दिनुभयो। यो कार्यक्रम मार्फत् पठनपाठनका बारेमा अभिवावक ,शिक्षक, विद्यार्थीहरुले सजिलै जानकारी पाउने र नियमनकारी निकायलाई समेत नियमन गर्न सजिलो हुने भट्टराईले बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID