दाङ, ६ माघ। नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश क का सभापति तथा क्षेत्रीय कार्यसमितिका उपसभापति श्रीपत चौधरी संयोजक, दीनेश गिरी सह संयोजक र सदस्यहरुमा हरिहर शर्मा, खेम चौधरी र प्रकाश कुमार जिसी रहनु भएको छ भने राजपुर गाउँपालिकाको लागि ओम प्रकाश यादव, गढवा गाउँपालिकाको लागि ओभा पाठक, राप्ती गाउँपालिकाको लागि जोखुराम चौधरी र लमही नगरपालिकाको लागि अजय न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी नेपाली काङ्ग्रेस दाङ क्षेत्र -१ क्षेत्रीय समितिले हालसम्म गरेका निर्णयहरु के कति कार्यान्वयन भए भएनन भन्ने विषयमा जानकारी संकलन गर्नका लागि क्षेत्रीय सचिव खेमराज चौधरीलाई जिम्मेवारी दिइएको छ ।
क्षेत्रीय कार्यसमितिमा आर्थिक संकलन गरि कोष संचालनका लागि क्षेत्रीय कोषाध्यक्ष गीता चौधरीको संयोजकत्वमा तीन सदस्यीय कोष संकलन समिती गठन गरिएको छ । अजय न्यौपाने र किरण विक्रम शाह सदस्य रहनु भएको छ ।