महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लागि गढवामा दुईदिने सम्पन्न 

आलोक भावुक

गढवा, ६ माघ । महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लागि दुई दिने आधारभूत तालिम दिईएको छ ।

गढवा गाउँपालिकाको आयोजना तथा कर्म हेल्थको प्राविधिक तथा आशा जापानको आर्थिक सहयोगमा तालिम दिईएको हो।

दुई दिने आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको स्वास्थ्य क्षेत्र बिकाश र स्वस्थ्य सेवा प्रभावकारी गर्न हस सम्भव प्रयास गरेको बताउनु भयो । गढवामा निर्माणाधिन १५ सैयाको गढवा अस्पताल निर्माण पछी २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब सेवा, अक्स-रे सेवा लगाएतका जरुरी सेवाहरु सञ्चालन गर्ने गरी तयारी गरेको बताउनु भयो। हाल गढवा गाउँपालिकामा रहेको गढवा स्वास्थ्य चौकीबाट भिडियो एक्स रे सेवा (गर्भवती महिलाहरुको लागि), एक्सरे सेवा र ल्यापको सेवा सञ्चालनमा रहेको छ। कर्म हेल्थ संगको सहकार्यले सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालन गरी गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका र दिर्घ रोगीहरुलाई घरघरमा भेंट गर्ने कार्यक्रम हुने अध्यक्ष पोख्रेलले बताउनु भयो ।त्यसैगरी जनसङ्ख्या तथा स्वास्थ्य अभिलेख प्रणाली विकाश कार्यक्रम अन्तर्गत नियमित सर्वेक्षण तथा जनगणना, विध्धुतिय स्वास्थ्य अभिलेख प्रणाली जस्ता कार्यक्रमहरू हुने छ। गढवा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा जनतालाई निशुल्क र प्रभावकारी स्वास्थ्य सेवा दिने गरी पालिका अघि बढेको बताउनुभयो।

त्यसैगरी तालिमको उद्घाटन सत्रमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले गढवाको स्वास्थ्य क्षेत्र उपलब्धि मुलक बनाउनु पर्ने बताउनुभयो। हाल सम्म सन्तोष जनक स्वास्थ्य सेवा सञ्चालन गर्न नसकेको बताउदै गढवा गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा जिम्मेवारी सम्हालेका सम्पूर्ण स्वास्थ्य प्रमुखहरु थप जिम्मेवार हूनु पर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्र सम्बेदनसिल क्षेत्र भएको भन्दै डाक्टर र शाखा प्रमुखहरुले जोखिम मोलेर उपचार गर्नु पर्ने बताउनु भयो । गढवाका स्वास्थ्य चौकीका लगाएतका स्वास्थ्य संस्थाहरुले जिल्ला अथवा प्रदेशिक अस्पतालसंग सिधा र नियमित समन्वय बनाउन पर्ने बताउनुभयो । महिला समुदायिक स्वास्थ्य कार्यकर्ताहरुले जनता र स्वस्थ संस्था बिचको पुलको कार्य गर्नु पर्ने बताउनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, कर्म हेल्थका प्रशासक तथा सञ्चालन निर्देशक विशाल चौधरी, महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रामराज पौडेलले बोल्नु भएको थियो ।

गढवा गाउँपालिकामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन गर्न गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी गत बैशाख २१ गते दुईपक्षिय सम्झौतामा हस्ताक्षर भएको थियो।

कर्म हेल्थ नेपाल सरकार, कम्पनी दर्ता कार्यालय, काठमाडौं तथा समाज कल्याण परिषदमा आबद्ध गैर नाफामुलक संस्था भएको र कार्यक्रम सञ्चालनका लागि जापानमा आधारित गैर सरकारी संस्था आशा नेपालले कर्म हेल्थलाई प्राविधिक सहयोग गर्ने कर्म हेल्थका प्रशासन तथा सञ्चालन निर्देशक बिशाल चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, कर्म हेल्थका प्रशासक तथा सञ्चालन निर्देशक विशाल चौधरी, महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रामराज पौडेल बोल्नु भएको थियो।

गढवा गाउँपालिकाको आठ वटै वडामा सामुदायिक स्वास्थ्य कार्यकर्ताको रुपमा स्थानीय महिलाहरु लाई जिम्मेवारी दिएको छ । आठ वटै वडामा खटाईने महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुलाई आधारभुत तालिम दिन थालिएको हो। तालिमको साथै सामुदायिक स्वास्थ्य कार्यकर्ताको रुपमा स्थानीय महिलाहरु लाई सरसमान प्रदान गरिने कर्म हेल्थका निर्देशक चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका र कर्म हेल्थको साझेदारीमा गढवा गाउँपालिकाको आठ वटै वडामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालन, गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका र दिर्घ रोगीहरुलाई घरघरमा भेंट गर्ने कार्यक्रम हुनेछ ।त्यसैगरी जनसङ्ख्या तथा स्वास्थ्य अभिलेख प्रणाली विकाश कार्यक्रम अन्तर्गत नियमित सर्वेक्षण तथा जनगणना, विध्धुतिय स्वास्थ्य अभिलेख प्रणाली जस्ता कार्यक्रमहरू साझेदारीमा हुनेछ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द,पञ्जिकरण शाखाका ऋषि राम यादव, प्रेस संयोजक आलोक भावुक, बिभिन्न स्वास्थ्य संस्थाका प्रमुख, महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लगायतकाको सहभागिता रहेको

थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID