
दाङ २७ पौष । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। उद्धारमा खटिएका भालुवाङका स्थानीय व्यवसायी भरतमणि न्यौपानेले ६ जनाको मृत्यु भएको बताउनु भयो।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती नदीमा खसेको स्थानीय दामोदर खनालले जानकारी दिनु भयो ।
अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको हो। विस्तृत विवरण आउन बाँकी छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




