राधाकृष्ण उद्यमी महिला समूहद्वारा बनकट्टीमा सरसफाई

आलोक भावुक

गढवा, २७ पौष । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर – ६ बनकट्टीमा गठित राधाकृष्ण उद्यमी महिला समूहद्वारा सनिवार बनकट्टी टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

समूहका अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षता तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आलेको प्रमुख आतिथ्यमा टोव सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

बनकट्टी गाउँका यादव महिलाहरुले पहिलो पटक महिलाहरुकै नेतृत्वमा टोल सरसफाई कार्यक्रम गर्दा राम्रो कामको सुरुआत भएको बताउदै आगामी दिनहरुमा समाजको हरेक काममा समूहका महिला दिदिबहिनीहरुको सक्रियतामा काम गर्ने बिश्वास आफ्नो रहेको ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै समूहका अध्यक्ष अनिता यादवले आफ्नो गाउँ आफै बनाऔ भन्ने भावका साथ टोलको सरसफाई कार्यक्रमलाई पहिलो प्रथामिक्तामा राखेर सरसफाई कार्यक्रम गरेको बताउनु भयो ।

समूहका सदस्यहरुले गढवा ४ पर्साका स्थानीयहरुले बिहेको पात टिपेर फर्किने क्रममा चिसापानीमा ट्रयाक्टर दुर्घटनाहुदा दुर्घटना परी घाइते भएकाहरुको उपचारका लागि एक हजार एक सय पन्ध्र रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन्।

सरसफाई कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्यहरु गोबिन्द रोका मगर, मानु कुमाल, मोतिसरा बिक ग्रामीण पशु स्वास्थ्यकर्ता गैरे र राधाकृष्ण उद्यमी महिला समूहका सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण भिटा परियोजनाका उध्दम विकास सहजकर्ता आशा श्रेष्ठले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID