
काठमाडौं, २६ पौष। अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्।
रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।
ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




