हिजो गाडी कुर्दै गर्दा
शहिदगेटको नजिक उभिन पुगेँ
ठ्याक्कै त्यसरी नै
जसरी उभिएका छन्
असलि शहिदहरुका चार शालिक !
मेरै समिपमा कोहि थिए
भोका, प्यासा र कातिल
परिचित जस्तै लाग्ने दुई अपरिचित नजरहरु !
आयो अझ मैसँग टाँसिन
र भन्यो
जानी हो ?
कति हो मैयाँ तिम्रो रेट
म मौन रहेँ र सुनिरहेँ
आवाज परिचित थियो ।
बस् यति बोलेँ – तपाइँ ??
जवाफमा थियो – पैसा कति लिन्छौ
एक्लै फत्फताए
यहाँ उभिन आउने मालहरु पनि भाउ खोज्छन् यार ।
मोडल नै हुँ ठान्छन् आफुलाई ?
म अलमल्लमा परेँ पठाओ बुक गरेर घर हिडेँ
र सम्झिएँ
हिजैजस्तो लाग्छ
ठुले काकाले मलाइ काँधमा बोकी हिडेको
पिपलमेठ र सुन्तला चकलेट किनिदिएको
ती उनै काका थिए
जो आज मेरो मूल्य सोधिरहेछ
उफ्
आधा मस्तिष्क मरे जस्तै भयो
मैले मेरो र उहाँको होइन
रत्नपार्कको बदनामी भएको देखेँ
सिङ्गो शहिदहरुको बदनामी भएको देखेँ
अठोट गरेकी छु
एकदिन चिनाएरै छोड्नेछु आफुलाई
स्मरण रहोस् तपाइँलाई
एउटाि छोरी /नारी
सामान र माल बाहेक
अरु पनि केही हुन् भनेर …..
लेखक : रश्मि रोदन
उहांकै फेसबुकवाल बाट साभार गरिएको छ।