गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५गते हुने

आलोक भावुक

गढवा, ३ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ।

पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ ।

शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि, गाउँपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दल,, सरकारी तथा गैरसरकारी संघ संस्था, ईलाका प्रहरी कार्यालय गढवा, क्याम्पस तथा विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, बैंक तथा वित्तीय संस्था, वन तथा वातावरण संरक्षण समन्वय समिति, चुरे संरक्षण विकास समिति, सामुदायिक वन, बडका पथ सिचाई आयोजना, टोल विकास संस्था, उपभोक्ता समितिकाका पदाधिकारी, नागरिक समाज लगायत सम्पूर्णका प्रमुख तथा प्रतिनिधि , समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी/पत्रकार, सेवाग्राही साथै गढवाबासीलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने गढवा गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID