बिपन्न परिवारको सहारा बन्दै दक्षिण देउखुरी अधिकार मञ्च

आलोक भावुक

गढवा, ३ पौष । आर्थिक अवस्था कमजोर रहेका परिवार लाई आत्मनिर्भर बनाउन दक्षिण देउखुरी अधिकार मञ्च गढवाले लाखौको लगानी गरेको छ।

करिव १४ बर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चले गढवाको बिभिन्न वडामा आफ्नो कार्यक्षेत्र बनाई कृषि र पशुपालनमामा बिशेष लगानी गरेको छ।गढवा गाउँपालिका वडा नं. ३ गोबरडियामा ज्योति कृषक समूहको समन्वयमा विभिन्न कृषकहरुले गरेका तरकारी खेति, बंगुर तथा बाख्रा पालनको सोमबार स्थलगत अनुगमन गरिएको छ।

मञ्चले केही गर्न चाहने तर आर्थिक अभावका कारण समस्यामा परेका व्यक्तिहरुको पहिचान गरी जिवनस्तर उकास्न कृषि तथा पशुपालनमा बिशेष महत्वका साथ कार्यक्रम गरिरहेको मञ्चका अध्यक्ष देवराज कुँवरले जानकारी दिनु भयो। दक्षिण देउखुरी अधिकार मञ्च जनताको संस्था हो जनताको जिवनस्तर उकास्न हामी हरबखत तत्पर रहेका छौ, के। ई गर्न चाहनेहरुका लागि मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष कुँवरले बताउनुभयो।

दक्षिण देउखुरी अधिकार मञ्च गढवाले गाउँपालिका क्षेत्रमा गरेका कामहरुको सोमबार गढवा गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, सदस्य आशाराम चौधरी, गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अनन्त राज रेग्मी, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, मंञ्चका अध्यक्ष देवराज कुँवर,मंचकी परियोजना फोकल पर्सन पुजा चौधरी, पत्रकार शिवराज पन्थी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, मंञ्चका सदस्यहरु सहितको समितिले गोबरडिहाको ज्योति कृषक समुहका किसानहरुले गरेका कामहरुको स्थलगत अवलोकन गरी सुझाब संकलन गरेको छ ।

१४ वर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चको जम्माकोष २६ लाख ९३ हजार ७ सय ४५ रहेको छ भने २४ लाख ७९ हजार ६०० रुपैयाँ लगानी गरेको छ भने २ लाख १४ हजार १ सय ४५ रुपैयाँ बैंक मौज्दात रहेको जानकारी जानकारी दिनु भएको छ।

बिक्रम संवत् २०७८ सालमा गढवा गढवा गाउँपालिका कृषि विकास शाखामा दर्ता भएको समूह कृषि मा आधारतिर काम गरेको रहेको छ।
आर्थिक बर्ष २०७५/०७६ सिलमा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराही दाङबाट खोर सुधार तथा बंगुर पालन कार्यक्रम अन्तर्गत ५ लाख अनुदान प्राप्त गरेको मंचले गढवा गढवा कृषि विकास शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट बिभिन्न समयमा आलुको बिउ, गहुकौ बिउ, स्प्रे ट्याङ्की, हजारी, मिनि टिलर, घासको बिउ लगाएतका सामाग्री प्राप्त गरिसकेको छ।


छात्रबृति बाफत २५ हजार रुपैयाँ लिएर दुई बाख्रा किनेर अहिले १२ बाख्राको मालिक भएको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका बिन्तीराम चौधरीले बताउनुभयो। घरको आर्थिक अवस्था निकै कमजोर थियो। दक्षिण देउखुरी अधिकार मञ्चबाट २५ हजार कर्जा लिएर दुई बाख्रा पालेर सुरु गरे अहिले म एकदमै खुसी छु कृषक चौधरीले बताउनुभयो।
४८ जना सदस्य संख्या रहेको ज्योति कृषकसमूहमा महिला २५ पुरुष २३ रहनु भएको छ। प्रतेक महिना ७ गते नियमित बैठक बस्छौ, मासिक ३ सय र मौसमी ५ सय बर्षको २ पटक बचत गर्ने गरेका छौ ज्योति कृषक समुहका अध्यक्ष शिव कुमार चौधरीले बताउनुभयो। हामीले बढीमा १ लाख ३० हजार रुपैयाँ सम्म १२% मा लगानी गरेका छौ अध्यक्ष चौधरीले बताउनुभयो।


त्यसैगरी ३० हजार रुपैयाँ बाट चार्ट फुल्कीको ठेला सुरु गर्नु भएको लालमति चौधरी दैनिक १५ सय देखि २५ सय सम्मको व्यापार गरिरहेको बताउनुभयो। २ छोरी एक छोरा कसरी पालौ भन्ने समस्या थियो तर मञ्चबाट ३० हजार रुपैयाँ लिएर काम सुरु गरेको अहिले सोचे भन्दा राम्रो व्यापार भएको चौधरीले बताउनुभयो।

साथै अन्य थुप्रै कार्यक्रमहरु मध्ये मासिक बचत सङ्कलन गर्ने, समाजमा हुने समस्या समाजमै छलफल गरी समाधान गर्ने, समूहबाट ऋण दिएर आय आर्जनका लागि उत्पादन मुलक कार्यक्रम गरी आर्थिक रुपमा सम्पन्न बनाउन बिभिन्न कार्यक्रमहरु गर्न, टोल सरसफाई तथा समूहका सदस्यहरुको मृत्यु भएमा काजक्रिया स्वरुप ५ हजार र सदस्यहरूको परिवारमा कुनै सदस्यको मृत्यु भएमा २५ सय रुपैयाँ आर्थिक सहयोग गर्ने गरेको मंचकी परियोजना फोकल पर्सन पुजा चौधरीले जानकारी दिनु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID