गढवा खानेपानीमा सहमति जुटन, पौष ६ गते निर्वाचन हुने

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३ पौष। गढवा खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि ९ पदका लागि सोमवार १६ जनाको उम्मेद्बारी प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक शंकर पाण्डेयले जानकारी दिनुभएको छ ।

जसमध्ये अध्यक्ष पदकालागी कृस्णराज पाण्डे, महेश कुमार अधिकारी, होमराज रिजाल र प्रकाश भण्डारिले मनोनयन दर्ता गर्नु भएको छ भने सचिव पदका लागि खुमानन्द पोख्रेल र टोपलाल सुवेदी ( सागर) ले उमेदवारी दिनु भएको छ ।

त्यस्तै कोषाध्यक्ष पदका लागि दामोदर ढुङ्गाना र राजेन्द्र चौधरिले उम्मेद्बारी दिनु भएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष पदमा भने लिलाधर आचार्यको एकल उम्मेद्बारी परेको छ । त्यसैगरी ५ जना सदस्यका लागि खुमा पाण्डे आचार्य, मनुकान्त आचार्य , उर्मिला भण्डारि, उषा यादव, बेलकुमारी घिमिरे, हाइकुमारी आचार्य र नारायण बहादुर थापा क्षेत्री गरि ७ जनाको प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन कमिटी सदस्य देवराज कुवरले जानकारी दिनु भयो ।

मंगलवार बिहान उम्मेद्बारी फिर्ताको तालिका रहेको र सहमती जुट्न न सकेमा पुस ६ गतेकालागी मतदान हुने निर्वाचन कार्यतालिका समितिले प्रकाशन गरेको छ ।

मा प्रकाशित