गढवामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, २ जना घाइते

आलोक भावुक

गढवा, १ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

मोटरसाइकल दुर्घटनामा परी रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर घर हुने अन्दाजी १९ वर्षीय भतिजा प्रविन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ।

त्यसैगरी दुर्घटनामा परी रा ५ प ३४२५ मोटरसाइकल सवार अत्तवारी यादव भनेर चिनिने मोहन कुमार यादव घाईते भएका छन्। घाइते यादवको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र अवस्था खतरा मुक्त रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्यसैगरी रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ हांसीपुर निवासी अन्दाजी २७ बर्षिय कमल चौधरीको आँखामा चोट लागेको र लमही आँखा अस्पतालमा उपचार पछी डिस्चार्ज भएको प्रहरीले बताएको छ।

मोटरसाइकल चालक चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा राखेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ।

आइतबार दिउँसो करिव १:४५ बजे मोटरसाइकल दुर्घटना भएको हो। मृत्यु हुने प्रविन चौधरी र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक कमल चौधरीका भतिज हुन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID