गढवाको जुरौनीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर

आलोक भावुक

गढवा, २७  मंसिर । गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो।

शिविरमा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र पशु चिकित्सकको टोलीले पशुको स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरिएको जानकारी दिएका छन् ।

गढवा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तरगतको पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको हो।

वडा नम्बर १ को जुरौनी आसपासका कृषकहरुको भैसी बाख्राको स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधी वितरण गरिएका हो।

उक्त संचालित शिविर कार्यक्रममा ८५ जना कृषक परिवारका १०२० पशुहरुको चेक जाँच र औषधी वितरण कार्य भएको पशु प्राविधिक सुनिल चौधरीले जानकारी दिनु भयो । शिविरमा एक हजार बाख्रा र २० भन्दा बढी भैसीको स्वास्थ्य चेकजाँच गरिएको प्राविधिक चौधरीले जानकारी दिनु भयो।

शिविरमा जुका, माडे किर्ण, भिटामिन र कारामाईल, बाह्य परजिवी बिरुद्धको भ्याक्सिन लगाईएको थियो भने जुका, नाम्ले, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत खेम बहादुर चौधरीले जानकारी दिनु भयो।

शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्यालगायतका विभिन्न रोगहरुको बारेमा कृषकहरु लाई जानकारी प्रदान गरिएको थियो।

शिविरमा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, पशुपंक्षी शाखाका कर्मचारी, पशु प्राविधिक लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID