जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 

तुल बहादुर कवँर मगर

दाङ २० मंसिर। जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा जिल्लाका विभिन्न स्थानमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो।

कार्यक्रममा रातिको समयमा गुड्ने सवारी साधनको पछाडी पट्टी रिफ्लेक्टिक स्टिकर टाँस गरिएको छ।

करिब दुई सय सवारी साधनमा स्टिकर टाँस गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णु न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजनामा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हाे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक किरणप्रकाश मल्लको बिशेष उपस्थितीमा कार्यक्रम गरिएको थियोे ।

राजमार्गमा रातको समयमा बढी दुर्घटना हुने गरेको, तिब्र गतीका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेकाले सचेत पारिएको छ।

यसका अतिरिक्त ट्राफिक नियमको पालना गर्दै ४० बर्ष देखी सवारी साधन चलाउदै अशल चालकको परिचय बनाउन सफल राप्ती गाउँपालिका–१ निवासी पदमबहादुर जिसीलाई सम्मान गरिएको छ।

सिसहनियाँ र भालुबाङ्ग क्षेत्रमा राजमार्ग लक्षित कार्यक्रम गरिएको थियो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष उपस्थितिमा सिसहनियाँमा कार्यक्रम गरिएको थियोे ।

उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सवारी चालक र सडक प्रयोगकर्ताले सडक सुरक्षा र सडक अनुशासनकाे पालना गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID