‘एनिमल’ किन प्राेब्लम्याटिक फिल्म हाे ?

लेख

प्रभाष

आजकल एउटा फिल्मकाे खूब चर्चा छ, ‘एनिमल’। ‘मानवहरु’ का बस्तीहरुमा याे ‘एनिमल’ ले बजार पिटिरहेकाे छ। यसले खूब पैसा त छापिरहेकाे छ नै, मानिसहरुलाई प्रभावित पनि गरिरहेकाे छ। एकथरि मानिसहरु यसलाई खूब सेलिब्रेट गरिरहेका छन् भने अर्काेतर्फ, यसकाे विराेधमा एउटा जमात खडा भएकाे छ। सिनेमालाई कला (Art) काे रुपमा बुझ्ने विवेकशील मानिसहरुकाे याे जमात ‘एनिमल’ लाई एक प्राेब्लम्याटिक फिल्म भनिरहेकाे छ। याे जमात सानाे छ र यसकाे विचारलाई मूलधारले पूर्णतया साइड लगाइदिएकाे छ। तर याे जमातकाे विचार यति वजनदार छ कि यसलाई नज़रअंदाज़ गर्न सकिन्न। आज म विपरीत ध्रुवमा रहेका यस जमातकाे केही प्रतिनिधि पात्रहरुकाे विचारलाई सँकलन गरेर यस लेखमा प्रस्तुत गर्दैछु तर लेखमा अघि बढ्नुभन्दा पहिले म पाठकहरुलाई केही कुरा स्पष्ट पार्न चाहन्छु।

पहिलो, तलका विचार कुनै पूर्वाग्रह हाेइनन् किनभने ‘एनिमल’ का राइटर, डाइरेक्टर, प्राेड्युसर र एक्टरहरुसँग तलका मानिसहरुकाे कुनै लेना-देना छैन। न मित्रता छ, न शत्रुता। उनीहरु केवल आफ्नाे विवेककाे आलाेकमा आफ्नाे विचार राखिरहेका छन्।

दाेस्राे, यदि तपाईं ‘फिल्म त हाे नि। हेर्नुहाेस्, इंटरटेन हुनुहाेस् र भुलिदिनुहाेस्। यसलाई किन सिरियसली लिनुहुन्छ?’ भनेर भन्नुहुन्छ भने याे लेख तपाईं जस्ता मानिसहरुकाे लागि हाेइन। फेरि एकपटक यस कुरालाई प्रष्ट पार्दैछु, ‘सिनेमा भनेकाे केवल मनाेरन्जन हाे र त्यसभन्दा बढी केही पनि हाेइन’ भन्नेहरुका लागि याे लेख हाेइन। (Infact त्यस्ताहरुका लागि मेराे कुनै पनि लेख हाेइन।)

सिनेमा भनेकाे हाम्राे सामाजिकीकरणकै अभिन्न अवयव हाे। हाम्राे स्कुलिङकै अभिन्न अंश हाे। यसको मानिसमाथि प्रभाव गहिराे छ। यसकाे समाजमाथि प्रभाव गहिराे छ। यसकाे सामाजिक-साँस्कृतिक प्रभाव गहिराे छ। याे सत्यलाई मान्नेहरुकाे लागि मात्र हाे याे लेख। यस दृष्टिकोणबाट सिनेमाहरुमाथि विमर्श गर्नका लागि मेराे लेख एक प्रस्थानबिन्दु हुन सक्छ। यदि तपाईं याे मान्यतामाथि विश्वास गर्नुहुन्छ भने मात्र अघि बढ्नुहाेस्।

तेस्राे, ‘यस्ता सिनेमाहरु हेर्न जाँदा दिमाग घरमै छाेडेर जानुपर्छ’ भन्नेहरुका लागि पनि हाेइन याे लेख। सिनेमा हेर्न जाँदा दिमाग किन घरमा छाेडेर जानुपर्ने? त्यस्ताे सिनेमा नै किन बनाइन्छ जसलाई हेर्न हामीले दिमाग घरमा छाेडेर जानुपराेस्? ‘सिनेमा हेर्न दिमाग घरमा छाेडेर जा, सिनेमामा दिमाग नलगा, सिनेमामा लजिक नखाेज्’ भन्नु नै बेइमानी हाे। याे मानिसकाे विवेककाे अपमान हाे। उनकाे मानवीयताकाे उपहास हाे। के मानिस जनावर हाे र दिमाग ‘घरमै छाेडेर’ जानलाई? (दिमाग ‘घरमै छाेडेर जा’ भनेकाे ‘नसाेच, दिमाग नलगा’ भनेकाे हाे। साेच्दै नसाेच्ने, दिमागै नलगाउने त जनावर हाे। जनावरले साेच्दैन, साेच्नु पर्दैन। मानिसले त साेच्छ नै साेच्छ। मानिसले साेच्नु स्वभाविक कुरा हाे।)

सिनेमा हेर्दा दिमाग घरमा छाेड्न हाेइन, सिनेमा हेर्दा दिमाग लगाउनुपराेस्। म त्यस्ताे सिनेमाहरुमाथि विश्वास गर्छु, त्यस्ताे फिल्ममेकिङमाथि विश्वास गर्छु जसलाई दिमागले हेर्न सकियोस्। जसलाई हेर्दा दिमाग लगाउनुपराेस्, त्यस्ता सिनेमाहरुमाथि विश्वास गर्छु। म rational cinema मा विश्वास गर्छु। म सिनेमाकाे rational critism मा विश्वास गर्छु। यदि तपाईं पनि यस कुरामा विश्वास गर्नुहुन्छ भने याे लेख तपाईंकाे लागि हाे, अन्यथा हाेइन।

चाैथाे, ‘मसाला’ फिल्महरु यस्तै हुन्छन्। ‘मसाला’ फिल्महरुमा लजिक खाेज्नुहुँदैन। ‘मसाला’ फिल्ममा पनि आर्ट खाेज्ने हाे र? भन्नेहरुका लागि पनि हाेइन याे लेख।

‘मसाला’ फिल्महरु यस्तै हुन्छन् भनेकाे के हाे? के हाे ‘यस्तै हुन्छन्’ भनेकाे? ‘मसाला’ फिल्महरुमा लजिक किन खाेज्नुहुँदैन? मसाला र लजिक परस्परविराेधी हाेइनन्। अपितु सिनेमा भनेकै लजिक हाे। लजिकल प्राेडक्ट हाे सिनेमा। सिनेमाकाे कथा-पटकथा, घटना तथा पात्रहरु लजिकल हुनु जरुरी छ। चाहे सिनेमा सुपरनेचुरल वा फ्यान्टेसी नै किन नहाेस्, त्यसमा पनि लजिक हुनु जरुरी छ। लजिक हुनुपर्छ। उदाहरणका लागि सुपरम्यानलाई नै लिऊ। सुपरम्यान फ्यान्टेसी पात्र हाे। ऊ भित्र यस्ताे सुपरनेचुरल पावर छ जुन वास्तविक जीवनमा कसैसँग हुन सक्दैन।

तर सुपरम्यान किन त्यस्ताे छ त? ऊ भित्र सुपरनेचुरल पावर कसरी आयाे? ऊ किन उड्न सक्छ? ऊ किन आँखाबाट खतरनाक लेजर फ्याँल्न सक्छ? याे कुरालाई लजिकल्ली डिफाइन गरिएकाे छ सुपरम्यानकाे कथामा। उसकाे ओरिजिन स्टाेरी छ। सुपरम्यान ‘सुपरम्यान’ जस्ताे हुनुकाे कारण, आधार तथा पृष्ठभूमिलाई तयार गरिएकाे छ। हावामा खडा भएकाे छैन सुपरम्यान। सुपरम्यान हावामा उडे पनि हावामा खडा भएकाे छैन।

हाे सुपरम्यान यथार्थ हाेइन, कल्पना हाे। त्यसाे त सिनेमा पनि कल्पना नै त हाे नि। सिनेमाका घटना तथा पात्रहरु सबै काल्पनिक नै त हुन् नि, जुन कुरा सिनेमा सुरु हुनुभन्दा अगाडि ठूला-ठूला अक्षरहरुमा लेखिने डिस्क्लेमरले स्पष्ट पारेकै हुन्छ। तर कल्पना नै सही, सिनेमाका घटना तथा पात्रहरु काल्पनिक नै सही, त्यसलाई लजिकमाथि खडा गरिएकाे हुनुपर्छ। त्याे लजिकले चलेकाे हुनुपर्छ।

एउटा ‘कन्भिन्सिङ पावर’ भन्ने चीज हुन्छ सिनेमामा। सिनेमाले आफ्ना घटना तथा पात्रहरुलाई लजिकल्ली कन्भिन्स गर्न सक्नुपर्छ। लजिकल्ली जस्टिफाई गर्न सक्नुपर्छ। त्यसाे भएकाे हुनाले सुपरम्यान काल्पनिक पात्र हाे र ऊ सँग सुपरनेचुरल पावर छ। ऊ सँग किन सुपरनेचुरल पावर छ? त्यसलाई उसकाे ब्याकस्टाेरीद्वारा लजिकल्ली कन्भिन्स गरिएकाे छ। त्याे पात्र त्यस्तो पावरफुल हुनुकाे कारण र आधारहरुलाई बताइएकाे छ। त्यसैले सुपरम्यान उड्न सक्छ, आँखाबाट खतरनाक लेजर पावर फ्याँल्न सक्छ, याे कुरा कन्भिन्सिङ लाग्छ। सुपरम्यान प्रकाशकाे गतिमा उडेकाे, उसले आँखाबाट खतरनाक लेजर पावर फ्याँलेकाे, उसले हवाइजहाज उचालेर अन्तरिक्षमा पुर्‍याएकाे…यी सबै गतिविधि कन्भिन्सिङ लाग्छ। हाे, असम्भव छ तर कन्भिन्सिङ लाग्छ। यही असम्भव कुराहरुलाई कन्भिन्सिङ ढँगले देखाउनु नै सिनेम्याटिक लिबर्टी हाे। काल्पनिक कुराहरुलाई लजिकल्ली देखाउनु नै सिनेम्याटिक लिबर्टी हाे। यसैलाई सिनेम्याटिक लिबर्टी भनिन्छ।

केही पटमूर्खहरुले भनेजस्ताे सिनेम्याटिक लिबर्टी भनेकाे सिनेमामा जेसुकै देखाउन पाइने स्वतन्त्रता हाेइन। ‘सिनेमा हाे। सिनेमामा जेसुकै देखाउन पाइन्छ, किनभने सिनेमा त हाे नि। सिनेमामा जे देखाउन पनि छूट हुन्छ। सिनेम्याटिक लिबर्टी भनेकाे यही त हाे नि’ भन्ने मुढे तर्क सिनेम्याटिक लिबर्टी हाेइन। सिनेमाकाे पर्दामा असम्भव कुराहरु देखाइन्दैछ तर त्यसलाई लजिकका साथ, आधार र पृष्ठभूमिका साथ देखाइन्दैछ जुन कुरा विश्वासनीय लाग्छ भने त्यही हाे सिनेम्याटिक लिबर्टी। सिनेमाकाे पर्दामा असम्भव कुराहरु देखाइन्दा पनि त्यसलाई हेर्ने व्यक्तिहरुलाई त्याे विश्वासनीय लागिरहेको छ भने त्याे हाे कन्भिन्सिङ पावर। सिनेमा भनेकाे पूरै कन्भिन्सिङकाे खेल हाे। काल्पनिक कथाले दर्शकहरुलाई कन्भिन्स गर्न सक्नु सिनेमाकाे शक्ति हाे। काल्पनिक कथालाई  लजिकल्ली प्रस्तुत गरेर दर्शकहरुलाई कन्भिन्स गर्न सक्नु राम्राे लेखक, निर्दैशक एवं फिल्ममेकरकाे परिचायक पनि हाे।

अनि एकथरि ‘मसाला फिल्ममा पनि आर्ट खाेज्ने? मसाला फिल्ममा पनि आर्ट खाेजेर हुन्छ?’ भनेर प्रश्न गर्छन्। ‘याे नमुनालाई मसाला फिल्ममा पनि आर्ट चाहिएकाे छ’ भनेर उडाउँछन्। मेराे उनीहरुलाई प्रतिप्रश्न छ, ‘मसाला’ फिल्महरुमा चाहिँ किन आर्ट खाेज्न नहुने? के बिना आर्ट मसाला फिल्म बन्छ र? विविध किसिमका मसालाहरुलाई, जीवनका विविध रुप, रङ, अनुभव र नतिजालाई एउटा फिल्ममा मिसाएर उत्कृष्ट ‘डिश’ (सिनेमा) तयार गर्नु के आर्ट हाेइन? एक्शन, कमेडी, ड्रामा वा मेलाेड्रामा, थ्रिल, सस्पेन्स, आशा-निराशा, जीत-हार, प्रेम-घृणा, आक्राेश-प्रतिशाेध आदि इमाेशन्स, सकरात्मक र नकारात्मक पात्र, घटना, प्रवृत्ति, नतिजा…यी सबै कुरालाई एउटै फिल्ममा मिसाएर दर्शनीय फिल्म बनाउन सक्नु के आर्ट हाेइन र?

म त भन्छु, मसाला फिल्म बनाउनु झन् ठूलाे आर्ट चाहिन्छ। उत्कृष्ट मसाला फिल्म बनाउनु सबभन्दा ठूलाे आर्ट हाे। किनभने, मसाला फिल्मलाई कन्भिन्सिङ बनाउन झन् धेरै मेहनत लाग्छ। मसाला फिल्ममा सबथाेक हालिएका हुन्छन्। मसाला फिल्मका कन्टेन्टहरु स्वभावले नै अतिरन्जनापूर्ण हुन्छन्, ओभर द टप हुन्छन्। त्यसैले, ती सबै मसालाहरुका बीचमा ब्यालेन्स बनाएर कन्टेन्टलाई ओभर द टप जान नदिइ कन्भिन्सिङ बनाउन ठूलाे मेहनतकाे आवश्यकता पर्छ। त्यसकाे लागि ठूलाे आर्ट चाहिन्छ। किनभने कन्भिन्सिङ लागेन भने दर्शकहरुले वाहियात भन्छन्। त्यसैले यसलाई कन्भिन्सिङ बनाउनु ठूलाे मेहनत गर्नुपर्ने हुन्छ। यसमा धेरै मेहनत खपत हुन्छ। मसाला फिल्मलाई कन्भिन्सिङ बनाउनु ठूलाे आर्ट हाे।

आजकल बिना क्लासका फिल्महरुलाई ‘मसाला’ फिल्म भन्ने गरिएकाे छ। ‘मसाला’ भन्नाले ‘क्लासरहित फिल्म’ भन्ने बुझ्न थालिएको छ। त्याे गलत कुरा हाे। मसाला फिल्मकाे पनि आफ्नै क्लास हुन्छ। मसाला फिल्महरुलाई क्लासी बनाउनु पनि एउटा कमालकाे खूबी हाे, एक कमालकाे कला वा आर्ट हाे। एक यस्ताे कला वा आर्ट, जाे हर काेहीमा हुँदैन। जाे कसैमा याे आर्ट हुँदैन। कमैमात्र निर्दैशक वा फिल्ममेकरमा याे कला वा आर्ट हुन्छ।

अन्तिम तर महत्त्वपूर्ण बुदाँ, यदि तपाईं ‘सिनेमा भनेकाे केवल सिनेमा हाे। सिनेमालाई समाज रुपान्तरण, वैचारिक क्रान्ति वा सामाजिक-नैतिक आदर्शहरुकाे भारी बाेकाउनुहुँदैन’ अर्थात् ‘सिनेमाकाे कुनै सामाजिक उत्तरदायित्व हुँदैन। सिनेमाले अनिवार्य रुपमा क्रान्ति, रुपान्तरण, न्याय, समानता, स्वतन्त्रता, प्रगतिशीलता र जीवनकाे पक्षपाेषण गर्नुपर्छ भन्ने छैन। कसैले पनि यस्तो आग्रह राख्नुहुँदैन’ भन्नुहुन्छ भने तपाईं जस्ता मानिसहरुकाे लागि याे लेख हाेइन।

सिनेमा कुनै अमूर्त कला हाेइन। याे कुनै खाेक्राे वा खाली बाकस हाेइन जसभित्र फगत चल्ने चित्रहरु छन्। याे कुनै पेन्डाेराकाे बाकस पनि हाेइन जसबाट तपाईं जे चाहनुहुन्छ, त्यही निस्कियाेस्।

हरेक सिनेमा एक निश्चित दार्शनिक-वैचारिक फ्रेमभित्र डिजाइन गरेर बनाइन्छ। हरेक सिनेमालाई एक खास वैचारिक ढाँचाभित्र राखेर निर्माण गरिन्छ। तसर्थ, चाहे जुनसुकै सिनेमा हाेस्, चाहे जस्तोसुकै सिनेमा हाेस्, त्याे कुनै त कुनै दृष्टिकोणद्वारा निर्मित, सँचालित वा अभिप्रेरित हुन्छ अथवा कुनै खास विचारधाराकाे आधारशीलामाथि अडिएकाे हुन्छ।

तसर्थ, सिनेमा अमूर्त कला वा खाली स्लेट हाे भन्ने मान्यतासँग सहमत हुन सकिन्दैन। म त सक्दिन। म त्याे मान्यतालाई सीधै खारेज गर्छु। त्यसकारण भन्दैछु, ‘सिनेमा स्वच्छन्द हुन्छ र त्यसकाे कुनै वैचारिक प्रतिबद्धता हुँदैन’ भन्नेहरुकाे लागि याे लेख हाेइन।

यदि तपाईं यी माथिका पूर्वसर्तहरुसँग सहमत हुनुहुन्छ भनेमात्र अघि बढ्नुहाेस्।

विचार-१:-

आफ्नाे समग्रतामा ‘एनिमल’ एक अत्यन्त dark, crud, offensive, अति-अति हिंस्रक (मेनस्ट्रिम हिन्दी सिनेमाकाे सायद सर्वाधिक अतिरन्जित र नृशंसतम खूनी हिंसाद्वारा लतपत) र मानसिक रूपले लगभग बिमार फिल्म हाे।

तर परमपूज्य ५६ इन्चेश्वर महामानव जी काे कुशल नेतृत्वमा हाल याे देशकाे हरेक गल्ली र बस्तीमा बेहिसाब हत्याहिंसा र रक्तपात हेर्ने तीव्र प्यासले आफ्नाे ओठमा जिब्राे चलाउदै दुनियाकाे सर्वाधिक मनोविक्षिप्त मानिसहरुकाे ‘दि ग्रेट जाेम्बिल्याण्ड’ बन्ने दिशातर्फ जति तत्परताले अग्रसर छ, त्यसबाट याे यस ‘नयाँ भारत’ का लागि सबभन्दा लाभदायक र एक किसिमले त्यसकाे ‘प्रतीक फिल्म’ हाे भन्न सकिन्छ।

यसमा कुनै शंका छैन कि बक्स-अफिसमा याे फिल्मकाे बम्पर सफलता शतप्रतिशत सुनिश्चित छ। ए, अनि, ‘बाइकट ग्याङ’ काे जो योद्धा यसलाई हेरेरे साेसल मीडियारुपि ढलकाे किनारमा टुक्रुक्क बसि घृणाले भरिएको विकार, डकार, खकार र भुँडीभित्र भएकाे भएभरकाे फाेहाेर छादेकाे देख्नुभयाे भने केही पनि नभनि-नसुनि नै याे बुझ्नुहाेस् कि ऊ यस फिल्मकाे अति गहन आनन्द र असीम सन्तुष्टि हासिल गरेर फर्केकाे छ।

उसको औडाहाकाे कारण केवल यति हाे कि यति प्याराे, मनोहर, आत्मा-तृप्तक फिल्मकाे नायक राष्ट्रद्रोही-धर्मद्रोही बलिउडसँग सम्बन्धित एक पंजाबी रिफ्युजी हिन्दु (‘नयाँ भारत’ काे ‘नयाँ राष्ट्रवाद’ काे परिभाषा अनुसार ‘लाहौरमा आफ्नो घर छोडेर यहाँ ५६ क्यारेट शुद्ध सनातनकाे छातीमा बोझ बन्न आएकाे एक धर्मच्युत अपवित्र अर्द्ध-म्लेच्छ क्रिप्टो-जिहादी) किन छ?

परम पवित्र साउथ फिल्म इंडष्ट्रीका दिव्यतम धर्मनिष्ठ देउताहरु जस्तै पूज्य अल्लु अर्जुनेश्वर जी, पूज्य जुनियर एनटीआरेश्वर जी, पूज्य यश गौडेश्वर जी अथवा प्रातः स्मरणीय हिन्दी-हेटर पूज्य महेश बाबुएश्वर जी मध्ये काेही एकजना किन छैनन्?

– अरविन्द अराेरा

विचार-२:-

‘एनिमल’ जस्ताे कथित फिल्म यस्ताे virus हाे जसले दर्शकहरुकाे दिमागरुपि folder भित्र घुसेर उनीहरुले कत्राे यत्नले अलिअलि store (आर्जन) गरेकाे cine literacy लाई एकै खेपमा सखाप पारिदिन्छ र उनीहरुकाे दिमागलाई फेरि खाली (empty) बनाइदिन्छ।

‘एनिमल’ जस्ताे फिल्म राम्रा-सार्थक सिनेमाहरुकाे शत्रु हाे। याे दर्शकहरुकाे विवेकमाथि गरिएकाे बन्चराे प्रहार हाे। (यस फिल्ममा रणबिर कपूरले खलपात्रहरुमाथि जुन बन्चराे प्रहार गरेका छन् नि, त्याे यथार्थमा दर्शकहरुकाे विवेकमाथि, उनीहरुकाे संवेदनशीलतामाथि प्रहार गरेकाे हाे।)

‘एनिमल’ जस्ताे फिल्म राम्रा-सार्थक सिनेमाहरुका लागि घातक छ, cine literacy काे लागि घातक छ। सिङ्गाे समाजकाे सामाजिकीकरणकाे लागि घातक छ। समाजकाे स्वास्थ्य र भविष्यकाे लागि घातक छ।

बलिउडमा कुनै जमानामा ‘गुण्डा’ जस्ता घटिया, बि ग्रेड फिल्महरु बन्थे। cheap dialogues, हिंसा, अश्लील दृष्यहरु, sex र rape का सिनहरु राखेर ती फिल्महरुलाई चलाउने ट्याक्टिस अपनाइन्थ्याे। सस्ता-मस्ता कलाकारहरुलाई कास्ट गरिन्थ्यो ताकि कम पैसामा काम गराउन सकियोस्। फिल्मकाे बजेट कम हाेस्। त्यस्ता फिल्महरु अत्यन्त कम बजेटमा बनाइन्थ्याे तर लगानीभन्दा दुई-चार गुणा बढी पैसा कमाइन्थ्याे। अझै पनि युट्युबमा उपलब्ध छन् त्यस्ता फिल्महरु।

एनिमल’ त्यस्तै फिल्म हाे। याे वर्तमानकालकाे ‘गुण्डा’ हाे, new age ‘Gunda’. कंटेन्टकाे दृष्टिले ‘एनिमल’ र ‘गुण्डा’ मा केही पनि भिन्नता छैन। अझ ‘एनिमल’, ‘गुण्डा’ भन्दा कैयौं गुणा बढी प्राेब्लम्याटिक फिल्म हाे किनभने यसमा  misogyny, male ego, toxic masculinity, violence इत्यादिलाई ‘गुण्डा’ मा भन्दा कैयौं गुणा बढी खाँदेर हालिएको छ र याे फिल्म ‘गुण्डा’ भन्दा कैयौं गुणा बढी असरदार छ। ‘गुण्डा’ लाई कतिले सिरियसली लिन्छन् र? धेरै जनालाई, आजका न्यू एज अडियन्सहरुलाई त ‘गुण्डा’ भन्ने कुनै फिल्म छ भन्ने थाहा नै छैन। उनीहरुले ‘गुण्डा’ काे नाम पनि सुनेका छैनन्। नाम सुनेकाे भए पनि उनीहरू ‘गुण्डा’ लाई हेर्ने छैनन्। काैतुहलतावश हेर्न बसे पनि पूरा गर्न सक्ने  छैनन्, आधामा नै छाडिदिने छन् जबकि ‘एनिमल’ हेर्न उनीहरु सिनेमा हलमा ओइरिरहेका छन्। सिङ्गाे दुनियाँ ‘एनिमल’ हेर्न तम्सिएकाे छ। के युवा, के युवती, के पुरुष, के महिला…सबैजना ‘एनिमल’ लाई खाेजी-खाेजी हेरिरहेका छन्। यस्ताे हाइप छ ‘एनिमल’ काे। अनि ‘एनिमल’ यति आकर्षक फिल्म हाे भने उनीहरुले यस फिल्मलाई दाेहाेर्‍याइ, तेहर्‍याई हेर्नेछन्, यस कुरामा कुनै सन्देह छैन। त्यसैले, ‘गुण्डा’ भन्दा ‘एनिमल’ काे पहुँच मानिसहरुमा बढी छ जसकाे कारण उनीहरुमाथि ‘एनिमल’ काे असर पनि बढी छ।

यसकारण, ‘एनिमल’ ‘गुण्डा’ भन्दा पनि घटिया र तल्लाे स्तरकाे फिल्म हाे। फरक केवल यति हाे कि यसकाे बजेट ठूलाे छ र यसमा बलिउडका ठूला नाम-ठूला कलाकारहरुलाई कास्ट गरिएकाे छ। ‘एनिमल’ २०० कराेड रुपैयाँकाे बजेटमा बनाइएकाे भव्य बि ग्रेड फिल्म हाे।

एक great बि ग्रेड फिल्ममा हुनुपर्ने सारा मसाला ‘एनिमल’ भित्र छ। यसकाे स्टाेरी नै बि ग्रेड छ। भिलेनलाई आफ्नाे बाऊकाे हत्याकाे बदला लिनु छ भने हिराेलाई आफ्नाे बाउलाई प्राेटेक्ट गर्नु छ साथै बाऊकाे नजरमा आफुलाई लायक साबित गर्नुछ। हुन त यहाँ हिराेलाई हिराे भन्नु पनि बेइमानी हुन्छ किनभने ऊ पनि खासमा भिलेन नै हाे। हिराे हाेइन। यी दुवै protagonist & antagoist यथार्थमा भिलेन नै हुन्।

उनीहरुकाे मेल इगाे आपसमा टकराइरहन्छन् जसले चरम हिंसा उत्पन्न गर्छ। यसमा extreme हिंसा छ। यति extreme कि कुनै पनि ‘गुण्डा’ ले त्यसलाई भेट्न सक्दैन। यसमा समावेश nudity वा vulgarity यस्तो छ कि बि ग्रेड सिनेमाका किङहरु भनिएका कान्ति शाह, हरनाम सिहँ र रामसे ब्रदर्सले पनि ‘एनिमल’ काे नायिकाकाे त्याे nude scene, त्याे vulgar scene लाई हेर्ने हाे भने जिब्राे टाेक्नेछन्।

अझ यी सबभन्दा प्राेब्लम्याटिक कुरा त यस फिल्मका प्रमुख पुरुष पात्रहरुले नारीकाे गरिमालाई धुजा-धुजा बनाएका छन्। यस फिल्मका नारी पात्रहरु मानव नै लाग्दैनन् किनभने उनीहरुकाे कुनै स्वतन्त्र अस्तित्व छैन। उनीहरुकाे कुनै आवाज छैन। उनीहरु पुरुष पात्रहरुका लागि केवल भाेग्य वस्तु हुन्, त्यसबाहेक अर्थाेक केही पनि हैनन्। हिराेले आफुलाई प्रेम गर्छु भन्ने युवतीलाई आफ्नाे जुत्ता चाट्न लगाउनु, आफ्नाे दुश्मनसँग बदला लिन दुश्मनकी छाेरीसँग सेक्स गर्नुले याे फिल्म कति मिसाेजिनिष्ट छ भन्ने कुरालाई देखाउँछ।

अहिले ओटिटीमा जति पनि adult content बनिरहेका छन् नि, ‘एनिमल’ ती सबकाे बाप हाे। ‘एनिमल’ का अघि ती सबै कंटेन्ट फिक्का लाग्छन्, ती सबै सिरिज पुड्का लाग्छन्। याे खासमा ओटिटीकाे फिल्म हाे, जाे सेन्सर बाेर्डका पदाधिकारीहरुले कैँची चलाउन बिर्सिएका कारण भूलवश सिनेमा हलहरुमा चलिरहेकाे छ।

‘एनिमल’ जस्तो फिल्म सिङ्गो समाजकाे लागि हानिकारक छ। ‘एनिमल’ जस्तो फिल्म चल्नु, युवायुवतीहरुले यसलाई मन पराउनु, सिनेमाहलहरुमा गएर यसलाई हेर्नु र सेलिब्रेट गर्नु गम्भीर चिन्ताकाे बिषय हाे। यसले हाम्रा दर्शकहरुकाे बा‌ैद्धिक कंगालीलाई पनि देखाउँछ।

‘एनिमल’ जस्तो फिल्मलाई सेलिब्रेट गर्ने मानिस कदापि नर्मल हुन सक्दैन। ‘एनिमल’ जस्ताे फिल्ममा पनि इंटरटेन्मेन्ट देख्नु मानसिक रुग्णताकाे परिचायक हाे। सिनेलिट्रेसी कुन चराेकाे नाम हाे? के यिनीहरुलाई थाहा छ? Stop celebrating trash. Stop celebrating misogyny. Stop celebrating toxic masculinity.

– प्रभाष राज

विचार-३:-

महबूब ख़ानकाे ‘औरत’, गुरुदत्तकाे ‘साहब, बीवी और ग़ुलाम’, हृषिकेश मुखर्जीकाे ‘अनुपमा’, श्याम बेनेगलकाे ‘अंकुर’ र ‘भूमिका’, केतन मेहताकाे ‘मिर्च मसाला’, सुधिर मिश्राकाे ‘मैं ज़िंदा हूँ’, गौरी शिंदेकाे ‘इंगलिश विंगलिश’, बहलकाे ‘क्वीन’, सूजित सरकारकाे ‘पिकू’ आदि हिन्दुस्तानी सिनेमाका कैयौं यस्ता फिल्महरु जसले मलाई सिकायाे कि स्त्री, उनकाे अधिकार, उनकाे स्वायत्तताकाे इज्जत कसरी गरिनुपर्छ अनि सबथाेक सम्झेर, बुझेर पनि सदियाैं पुरानाे यस सोचमा अहिले पनि कति कमिहरु छन्।

थाहा छैन सफल भए कि नाईं तर लगातार आफुले आफैलाई सुधार्ने कोशिश आज पनि गरिरहेकाे छु। सब सिनेमाकाे बदौलत। तर आज ‘एनिमल’ फिल्म हेरेर मलाई साँच्चै आजकाे पीढ़ीका स्त्रीहरुमाथि दया लाग्याे। तपाईंको लागि फेरि एक नयाँ पुरुष तयार गरिएको छ जाे अधिक भयानक छ, ऊ तपाईंकाे रत्तिभर इज्जत गर्दैन अनि जो तपाईंलाई झुकाउन, दबाउन र त्यसमाथि गर्व गर्नलाई आफ्नो पुरुषार्थ ठान्छ।

आजकाे पीढ़ीका युवतीहरु, तिमीहरु त्याे सिनेमा हलमा बसेर रश्मिकालाई पिट्दाखेरि जब ताली बजाइरहेका थियौं तब मैले मनमनै समताकाे हरेक विचारलाई श्रद्धांजलि दिइपठाए।
म घर आइपुगेकाे छु, हताश निराश र दुर्बल भएर।

रणबिरकाे त्याे संवाद जसमा ऊ अल्फा मेललाई डिफाइन गर्छ अनि भन्छ, ‘जो मर्द अल्फा बन्न सक्दैन, ऊ सारा स्त्रीलाई भोग्न पाउनका लागि कवि बन्न पुग्छ अनि जून-तारालाई तोडेर ल्याउने वाचा गर्न थाल्छ।’ म कवि हुँ। कविता गर्छु जिउनका लागि। के मेराे कुनै स्थान छ?

एक फिल्म बहुतै पैसा कमाइरहेकाे छ तर भारतीय सिनेमाकाे गौरवशाली इतिहास लज्जित भइरहेको छ। मेराे बुझाइमा याे फिल्मले हिन्दुस्तानी सिनेमाकाे भविष्यलाई नयाँ सिराबाट निर्धारित गर्नेछ, एक अलग भयानक खतरनाक दिशामा।

***

जब संदीप रेड्डीले ‘कबीर सिंह’ बनाए, तब थाहा भयाे कि उनी कुन ‘अल्फा मेल’ काे छविलाई ग्ल्यामराइज गरिरहेका छन् तर ‘एनिमल’ मा त उनले सारा सीमा पार गरिदिए। स्क्रीनमा जब यस्तो चरित्र आउँछ जसमा जुगुप्सा हाेइन, सहानुभूति र समानुभूति उब्जिन्छ, तब बुझ्नुहाेस् याे बृहत्तर समाजमा घुसपैठ गर्न वा आफ्नाे ठाउँ बनाउनका लागि हाे। नयाँ पीढ़ीमा यस्ता निर्देशक खतरनाक विश्व-दृष्टि लिएर आइरहेका छन्। तर त्यसभन्दा पनि अफसोसजनक छ समताकाे लागि लड्ने सिङ्गाे पीढ़ीकाे लडाइँमा पानी खन्याइदिने हाँसाे।

यदि स्त्री दर्शकले नकारदिए सायद काेही पनि निर्देशक यस हदसम्म टक्सिक अल्फा मेललाई ग्ल्यामराइज गरेर सिनेमा बनाउन सक्दैन। तर नकार कहाँ छ?

– स्वानन्द किरकिरे (गीतकार, सँगीतकार र लेखक)

विचार-४:-

मेराे जीवनकाे सबभन्दा वाहियात फिल्म

म अज्ञानी संदीप रेड्डी वाँगाकाे ‘कबीर सिंह’ लाई नै सबभन्दा वाहियात फिल्म ठानिरहेकाे थिए, तर जब ‘एनिमल’ हेरे, तब लाग्याे कि याे त त्याे भन्दा अगाडि छ। ‘एनिमल’ मैले जीवनमा हेरेकाे सबैभन्दा वाहियात फिल्महरुमध्ये एक हाे। तपाईं याे फिल्मलाई अवश्य हेर्नुहाेस् ताकि थाहा हाेस् कि फिल्म यति घटिया पनि बन्न सक्छ भनेर।

र यस्ताे फिल्म बनाउनका लागि यसका निर्माताकाे नाम इतिहासमा दर्ज हुनुपर्छ। मैले न त यसकाे निर्मातासँग भेटेकाे छु, न त यसकाे कलाकारहरुसँग। मेराे मनमा उनीहरुप्रति कुनै आग्रह वा दुराग्रह छैन। न त मेराे उनीहरुमाथि एक पैसा नै बाँकी छ, न त उनीहरुकाे म माथि। म उनीहरुकाे ‘महानता’ बाट रत्तिभर पनि प्रभावित छुइन।

पहिले त मलाई लाग्याे कि म सायद गल्तीले कुनै कोरियाली फिल्म हेर्न आएकाे छु जसमा त्यस्तै तर्कहीन कुराहरु, हिंसाकाे अतिरेक, घटिया हाउभाउ, संवाद र बेतुकका कुराहरु छन्, तर मिडियाबाट थाहा भयाे कि याे त एक यस्तो फिल्म हाे जो सैकडाैं करोड रुपैयाँ खर्च गरेर बनाइएकाे छ र हिन्दीका अतिरिक्त तमिल, तेलुगु, मलयालम र कन्नड़ामा पनि बनेकाे छ। अर्थात् कश्मिरदेखि कन्याकुमारीसम्म भारत एक समान छ।

फिल्मी मिडिया रिपोर्ट्सबाट थाहा भयाे कि यसका निर्माताले दर्शकहरुसँग वाचा गरेका थिए कि उनी एक ‘असली भाेइलेन्स’ वाला फिल्म बनाउनेछन्, असली भाेइलेन्स र उनले बनाए पनि। आफ्नो वाचालाई निभाए। उनले याे वाचा कसलाई गरेका थिए, कसले भनेर गरेका थिए अनि किन गरेका थिए, थाहा छैन तर वाचा गरेका थिए। याे मिडिया रिपोर्टहरुमा छ। कति महान् छन्। नेताले वाचा निभाउन् वा ननिभाउन्, फिल्म निर्माताले निभाए। जनताले उनलाई सम्मान गर्नुपर्छ। उनलाई पद्म सम्मान, भारत रत्न प्रदान गर्नुपर्छ। दादा साहब कोंडके सम्मान प्रदान गर्नुपर्छ। उसलाई ‘गोल्डेन बनाना’ (golden banana) द्वारा सम्मानित गर्नुपर्छ।

किनभने, फिल्ममा मारधाड़काे एउटा सिक्वेन्स १८ मिनेटकाे छ। पूरै १८ मिनटकाे। हरेक पाँच मिनटमा खून खराबा हुन्छ। हिरोसँग बन्दुक छ तर ऊ गोली चलाएर मान्छेहरु मार्दैन। कसैकाे आँखामा चक्कु घाेपिदिन्छ त कसैकाे घाँटी रेटिदिन्छ। कसैलाई छुरा राेपिदिन्छ। १८ मिनेट चल्ने हिंस्रक दृष्यमा पहिले चक्कु-छुरा चल्छ, फेरि बन्दुक चल्छ र अन्त्यमा एक यस्ताे माेन्स्टर मेशिन ल्याएर जसले एक सेकेन्डमा सयभन्दा अधिक फायर गर्न सक्छ, ऊ सैकडाैं मानिसहरुलाई भुट्छ, तर पुलिस कहिल्यै आउदैन। हिरोलाई छूट छ कि ऊ भारतमा कुनै क्राइम गरून् वा स्कटल्याण्डमा, त्यहाँ कानुन र व्यवस्था (law & order) कहिल्यै देखिन्दैन।

फिल्ममा आधा संवाद पंजाबीमा छ र आधा अंग्रेजीमा ! हिन्दीमा पनि केही संवाद होलान्, यस्ताे मलाई महसुस भयाे। त्यसाे त याे फिल्ममा संवादकाे आवश्यकता नै थिएन, किनभने हिरो केही समयपश्चात् आफ्नो सुन्ने शक्तिलाई गुमाउँछ र भिलेन त पहिलेदेखि नै लाटा छ। बिचरी हिरोइनकाे मुख केवल किस गर्न काम आउछ।

यस फिल्मकाे हरेक नारी पात्रलाई गरिमाहीन देखाइएकाे छ, उनकाे कुनै आवाज छैन। उनकाे न त कुनै नैतिकता छ, न त परिवारका प्रति उनी आफ्नो दायित्व निभाउन पाउँछिन्। हरेक महिला पात्र कुनै न कुनै पुरुषकाे कठपुतली हुन्।

याे फिल्मलाई हेरेपछि लाग्छ कि याे देशकाे जति पनि मालदार व्यक्तिहरु छन्, ती सब गधा हुन्। उनीहरुका कुरा उनीहरुका सन्तानहरु सुन्दैनन्। उनीहरु आफ्ना सन्तानहरुका कुरा सुन्दैनन्। उनीहरुका परिवारमा ज्वाइ र काका आदिकाे काम षड्यन्त्र गर्नु बाहेक अरु केही हुँदैन। बुझ्न सकिन्दैन कि फिल्ममा पनि जब कसैमाथि गलत हुन्छ, ऊ कानुनकाे सहारा किन लिँदैन?

यस फिल्ममा हिंसा, चुम्बनका दृश्यहरु, अश्लील संवादहरुकाे भरमार छ। ‘कबीर सिंह’ जस्ताे हिंसा पनि यस फिल्ममा छ। फिल्ममा सेक्स र हिंसालाई लिएर जुन फ्यान्टेसी रचिएकाे छ, यस्तो लाग्छ हाम्रा युवा दर्शक यस्तै फ्यान्टेसीमा जिउन मन पराउँछन्। तब त याे फिल्म उनीहरुलाई मन परिरहेको छ र उनीहरु याे फिल्मका लागि ताली बजाइरहेका छन्। याे फिल्ममा हिरो आफ्नाे प्राइवेट जेटलाई लाे पाइलट मोडमा लगेर हनिमुन मनाउँछन्। धन्य छन् हाम्राे हिरो। धन्य छन् यसरी हनिमून मनाउनेहरु। धन्य छन् फ्यान्टेसी रच्नेहरु।

– डॉ. प्रकाश हिन्दुस्तानी

विचार-५:-

‘एनिमल’ फिल्म जस्ताे वीभत्स र वाहियात फिल्म बनाउने डायरेक्टरलाई र सेन्सर बोर्डलाई (मेराे तर्फबाट) १०० कोर्राकाे सजाँय। १० मध्ये जीरो (पाेइन्ट)…

आफ्नाे दुश्मनसँग बदला लिनु छ भने तुरन्त आफ्नी पत्नीलाई लात हान्नुहाेस् र दुश्मनकी छाेरीसँग सुत्नुहाेस्, याे सिकाएकाे छ ‘एनिमल’ फिल्म का मानसिक (रुपमा) विक्षिप्त डायरेक्टर र राक्षस जस्ताे भेषमा (देखा परेका) रणबीर कपूरले। भयानक स्त्री विरोधी, गिरेकाे फिल्म हाे ‘एनिमल’।

यही फिल्म यदि शाहरुख-सलमानले गरेकाे भए दोगलाहरु आफ्नाे छातीमाथि हथौडाले छाती पिटिरहेका हुन्थे कि हिंस्रक छ, कटु छ, नारी विरोधी छ… ब्ला ब्ला।

‘१२ कक्षा फेल’ जस्ता टप फिल्ममा (सिनेमा) हल आधा पनि भरिएको थिएन तर ‘एनिमल’ हाउसफुल थियाे। के अब हामीले यही मान्ने कि जनता पनि एनिमल बनिसके???

विचार-६:-

यदि तपाईं कुनै स्त्रीलाई अपरिमित प्रेम गर्नुहुन्छ, उनीसँग गहिराेसँग जाेडिनुभएकाे छ तर उनलाई चाहेकाे बेला छुन सक्नुहुन्न, किस गर्न सक्नुहुन्न, उनलाई झापड हान्न सक्नुहुन्न भने म त्याे सम्बन्धमा इमोशन देख्दिन।’

याे बयान ‘एनिमल’ फिल्मका चर्चित डायरेक्टर संदीप वांगा रेड्डी काे हाे जो उनले आफ्नो पछिल्लो फिल्म ‘कबीर सिंह’ काे प्रमोशनका दाैरान व्यक्त गरेका थिए।

‘एनिमल’ मा पनि रेड्डीले ‘कबीर सिंह’ काे शाहिद कपूर जसरी रणबीर कपूरलाई कथित ‘अल्फा मेल’ के अवतार रणविजय सिंहकाे रुपमा प्रस्तुत गरेका छन्…(‘अल्फा मेल’ के हाे, आगामी पोस्टमा बताउँला।)

कबीर लेडी लवका लागि उन्मादी थिए त रणविजय पितासँगकाे सम्बन्धमा । पौरूष (toxic masculinity) र स्त्री-द्वेष (misogyny) ‘कबीर सिंह’ मा पनि थियाे र ‘एनिमल’ मा पनि छ।

‘एनिमल’ मा रश्मिका मंदनालाई रणबीरकी पत्नी देखाइएको छ तर रणबीरकाे तृप्ति डिमरीसँग पनि intimate scene छ। फिल्ममा रणबीरकाे ‘machoness’ माथि तृप्ति फिदा हुन्छिन्, तब ऊ (रणविजय) उनलाई (तृप्तिलाई) आफ्नाे प्रेम साबित गर्नकाे लागि आफ्नाे जुत्ता चाट्न लगाउँछ।

यस्ता फिल्महरु हाम्राे देशमा रिलिज हुन्छन् र हिट पनि हुन्छन्। धन्य छ सेन्सर बोर्ड जसकाे सर्वेसर्वा प्रसून जोशी हुन्। याे त्याे देश हाे जहाँ चुनावकाे समयमा नारा दिइन्छ, ‘बहुत हो चुका नारी पर वार, अबकी बार…का सरकार’।

हाम्राे देशका दर्शक पनि धन्य छन् जो यस्ता फिल्महरु बनाउनेहरुलाई सार्वजनिक रूपले लज्जित गर्नुकाे साटाे मालामाल गरिदिन्छन्। त्यसैले त मेरा भारत महान छ।

– खुशदीप सहगल

विचार-७:-

‘एनिमल’ मुभी हेर्न गए र आधीमै छोडेर आए, सायद याे फिल्म हामी जस्ताे संवेदनशील मानिसहरुकाे लागि हाेइन। उफ्फ्फ, खून खराबा।

– दिलिप कुमार पाठक

विचार-८:-

साँच्चै भन्ने हो भने यो sick movie हो। हिरो र निर्देशक दुवैलाई मानसिक उपचार को जरुरत छ।…यो mindless violence movie हो। यो स्त्रीद्धेषी, यौनिक, बिषाक्त र असंवेदनशील मुभी हो।

– राेनिस श्रेष्ठ

विचार-९:-

समाजका लागि घातक छ ‘एनिमल’ जस्ताे फिल्मकाे लोकप्रियता।

– गाेविन्द परिहार

विचार-१०:-

जबसम्म एनिमल जस्ता फिल्महरु सिनेमाहलहरुमा ताबड़तोड़ कमाई गर्छन् र त्यस कमाईकाे हिस्सामा याेगदान गर्ने यस देशका महिलाहरु पनि हुन्छन्, तबसम्म याे पूरै समाज र पूरै फिल्मी समुदाय लज्जित हुनुपर्छ।

आजकाे शताब्दीमा पनि यस्ता फिल्महरु बन्नु, त्यसलाई हेर्न जानुु र अझ मन पराउनु जाहिलियत (मूर्खता, मुढता) बाहेक अरु केही पनि हाेइन।

– सदफ खान

विचार-११:-

(मलाई) डर छ कि ‘एनिमल’ जस्ता हिंसक फिल्म अपराधी प्रवृत्तिका व्यक्तिहरुलाई नयाँ तरिकाले अपराध गर्न न उकसाउन्।

– सन्दिप देव

विचार-१२:-

एनिमल’ जस्ता फिल्महरुलाई व्यान गर्नुपर्छ जो स्त्रीविरुद्ध हिंसालाई बढ़ावा दिन्छ। पुरुषहरुमा जानवर स्वभावलाई बढाएर मनुष्यतालाई कम गर्ने सन्देश दिन्छ।

आखिर यस्ता फिल्महरु सेन्सर बोर्डबाट कसरी पास हुन्छन् ? किन यिनीहरुलाई व्यान गरिन्दैन ? याे स्त्री विरुद्ध ठूलाे षड्यन्त्रकाे सोच अन्तर्गत चलाइन्दैछ। जानीनजानी स्त्रीविरुद्ध षड्यन्त्रको रुपमा चलिरहेको छ याे सब कुरा। (हाेइन भने), के समाजमा बिषयहरुकाे कमि छ जसमाथि फिल्म बनाउन सकियाेस् ? काे हाे त्याे जसलाई ‘एनिमल’ जस्ताे फिल्म बनाउने आवश्यकता पर्‍याे ? यस्ता कति विषयहरु छन् जसमाथि फिल्म बनाउन सकिन्छ मात्र हैन, बनाउनुपर्छ।

साँच्चै भन्ने हाे भने ‘एनिमल’ का प्रोड्युसर, डायरेक्टर र राइटरमाथि केस गर्नुपर्छ, हिंसालाई बढ़ावा दिएकाे केस।

– अल्का भारतीय

विचार-१३:-

कालजई फिल्म ‘एनिमल’ मा रणबीर कपूर तृप्ति डिमरीसँग विवाहेत्तर यौन सम्बन्ध राख्छ अनि फेरि घर आएर आफ्नाे धर्मपत्नी रश्मिका मंदानाकाे सामु गएर हार्दिक पांड्या जसरी अहंकारपूर्ण घोषणा गर्छ कि हाे, मैले …गरेर आएकाे छु।

क्रोधित भएर रश्मिका मंदाना भन्छिन् कि अब उनी पनि विवाहेत्तर यौन सम्बन्ध राख्नेछिन्। यसकाे उत्तरमा रणबीर कपूर भन्छ कि यदि उनले त्यसाे गरिन् भने ऊ व्यभिचारीहरुकाे गिदीमा गोली ठाेक्नेछ।

फेरि क्रोधित भएर रश्मिका भन्छिन्, ‘ठठरी बंधे, धुआं लगे, तेरा बाप मर जाए’ (माफ गर्नुहाेला, यस संवादकाे नेपाली अनुवाद गर्न सकिन।) तब क्रोधित भएर रणबीर कपूर रश्मिकाकाे गला दबाउछ र उनकाे वरिपरि हवाई फायरिङ गर्छ।

यतिमात्र हाेइन, रणबीर कपूर तृप्ति डिमरीलाई आफ्नो जुत्ता चाट्न भन्छ। ऊ रश्मिकालाई याे पनि भन्छ कि यदि मलाई केही भयाे भने तैंले अर्काे विवाह नगर्नु।

स्त्रीकाे यस्ताे दमन इतिहासमा कहिल्यै पनि। कतै पनि भएकाे थिएन।

**********

संदीप वंगा रेड्डी एक कुंठित व्यक्ति हाे।

संदीप वंगा रेड्डीकाे सपनाकी नायिका एक यस्ती स्त्री हाे जो आफ्नाे प्रेमीबाट बिहान-बेलुका लात-जुत्ता खान्छिन् तर फेरि पनि आफ्नाे नशेडी प्रेमीसँग ‘टूट कर’ प्रेम गर्छिन् साथै मनमा साेच्छिन् कि भलै याे व्यक्तिले मलाई हरेक दिन जुत्तैजुत्ताले हान्छ तर प्रेम पनि त मलाई नै गर्छ। भेंचाे।

नशेडी (केज्री) नायक र जुत्ताखोर (जुत्ता खाने) नायिका वंगा रेड्डी काे सिनेमाकाे मूल अवधारणा हाे। संदीप वांगा रेड्डीलाई यस्तै स्त्रीहरु मन पर्छ जो आफ्नाे पति वा प्रेमीबाट जुत्ता खाएर पनि ‘उफ’ नगरुन्।

अनि ताज्जुबकाे कुरा त याे छ कि रेड्डीका नायिकाहरु निरक्षर वा लाचार हुँदैनन्। ‘कबिर सिंह’ की नायिका त एमबीबीएस डॉक्टर थिइन् जो आर्थिक रुपमा आत्मनिर्भर थिइन् तर आफ्नो प्रेमीबाट झापड भेटिरहन्थिन्।

संदीप आफ्नाे सिनेमाकाे माध्यमबाट स्त्रीहरुलाई शिक्षा दिन्छन् कि प्रेम जरूरी छ भलै प्रतिदिन नाश्ताकाे रूपमा आफ्नो प्रेमीकाे झापड खानु पराेस्।

संदीप रेड्डीले ‘अर्जुन रेड्डी’ र ‘कबीर सिंह’ मा जुन नायिकाहरुलाई पिटाए, तिनीहरु मलाई खासै मन पर्दैनथ्याे तर ‘एनिमल’ फिल्ममा मेराे फेवरेट रश्मिका मंदानाकाे गला दबायाे। अब यस्ता हरकतहरुलाई बर्दाश्त गरिने छैन।

जाे फेमिनिस्ट हाल फुर्सदमा बसिरहेका छन्, उनीहरुले संदीप वांगा रेड्डीका विरुद्ध अभियान चलाउनुपर्छ।

– डाक्टर पथिक

विचार-१४:-

‘एनिमल’ जस्ता फिल्महरुलाई दिन सकिने सबैभन्दा राम्राे जवाफ नै यसलाई इग्नोर गर्नु हाे। मलाई त ट्रेलरबाट नै यति भयंकर cringe feeling आउन थालेकाे थियाे कि म बताउन सक्दिन। फेरि रिलिजपश्चात् ‘Film Companion’ मा अनुपमा चोपड़ा, ‘Express’ मा शुभ्रा गुप्ता र ‘The News Minute’ मा सौम्या राजेन्द्रका समीक्षाहरु सुने-पढेपश्चात् त लाग्यो कि मेराे intuitive cringe एकदमै सही थियाे।

स्त्रीद्वेष र विषाक्त पितृसत्तात्मक सोचकाे पुनरुत्थान एक अकाट्य सत्य हाे। समाजमा टाउकाे उठाइरहेको याे विचार वास्तवमा राजनीतिमा फलिरहेकाे, फैलिरहेकाे धार्मिक कट्टरताकै प्रतिबिम्ब हाे। धार्मिक कट्टरताका आधारमा अघि बढिरहेको समाजले सबभन्दा पहिले स्त्रीहरुकाे स्वायत्ततामाथि कुठाराघात गर्छ। याे कुरालाई कहिल्यै बिर्सिनुहुन्न।

मलाई न त चुनावकाे नतीजामाथि कुनै आश्चर्य छ, न त ‘एनिमल’ काे पहिलाे दिनकाे कलेक्शनमाथि। तर याे अवश्य भन्छु कि भारतीय स्त्रीहरु हुनुकाे नाताले हामीलाई जति पनि नागरिक अधिकार र संविधानद्वारा प्रदत्त सुरक्षाहरु प्राप्त छन्, ती हाम्राे आफ्नै आर्जन हाेइन। We are standing on the shoulders of generations of men and women who devoted their lives to ensure that India comes up as an inclusive country for us.

विगतकाे याेद्धाहरुकाे याेगदानकाे जगमाथि आज हामी उभिएका छाैं जसले अविराम सङ्घर्ष गरेर संविधानमा हाम्रा हकअधिकारहरुलाई सुनिश्चित गरे। यस्तोमा, यदि हाम्राे र हामी पछि आइरहेका पीढ़ीहरुका युवाहरु ‘एनिमल’ जस्ता फिल्महरुमाथि सिनेमा हलमा गएर ताली पिट्छन् भने हामी आफुहरुपछि आउनेहरुका लागि याेगदान दिने हाेइन, बरु अँध्याराे खाल्डा खनेर छाड्नेछाैं।

अन्त्यमा, याे कहिल्यै पनि नबिर्सिनुहाेस् कि जुन दुनियामा ग्रेटा गेर्विग जस्ता निर्देशक दुनियाकाे अहिलेसम्मकाे इतिहासमा सबभन्दा धेरै पैसा कमाउने स्त्रीप्रधान फिल्म ‘बार्बी’ बनाएर सारा दुनियामा संवेदनशील कमर्शियल सिनेमाकाे झण्डा गाड्न सक्छिन् भने त्यही ‘एनिमल’ जस्ता ‘हमला’ हुनु स्वाभाविक हाे अनि याे हमला केवल ‘कबीर सिंह/अर्जुन रेड्डी’ काे आलोचकहरुमाथि भएकाे हाेइन। याे हमलाकाे माथि भएकाे हाे, याे तपाईंले साेच्ने हाे।

– प्रियंका दुबे

विचार-१५:-

महिलालाई आफ्नाे खुट्टाकाे जुत्ता ठान्ने हिरो (‘एनिमल’ फिल्ममा रणबिर कपूर एउटा दृश्यमा तृप्ति डिमरीलाई आफ्नाे जुत्ता चाट्न भन्छन् अनि तृप्ति यस हुकुमलाई सिराेध्य गर्नका लागि मुनि झुक्छिन्) माथि फिदा युवा वर्ग (जसमा धेरै युवतीहरु, महिलाहरु पनि छन् जो नायककाे पाश्विक मर्दानगीमाथि मुग्ध छन्।) काे अगाडि कुनै पनि किसिमकाे तार्किक, सौम्य, शालीन चर्चाकाे के अर्थ हुन्छ? उनीहरुलाई त्यसकाे आवश्यकता नै छैन। उनीहरुले आफ्नाे पक्ष चुनिसकेका छन्। याे अनुमान लगाउनु मुश्किल छ कि जब यस्ता मानिसहरु भाेट हाल्छन्, तब कसरी, के सोचका साथ भाेट हाल्दा हुन्, के साेचेर आफ्नाे पसंदीदा उम्मेद्वारलाई राेज्दा हुन्।

राजनीतिकाे मोर्चामा पनि ‘एनिमल’ फिल्मकाे स्तब्धकारी छप्परफाड़ सफलता जस्तै माहाैल छ। जुन कुराहरुकाे विरोध हुनुपर्थ्याे, लाज हुनु पर्थ्याे, त्याे ताली पिटाऊ, भाेट दिलाऊ , पैसा कमाऊ साबित भइरहेको छ।

२१ औ शताब्दीको भारतीय समाज साँच्चै धेरै बदलिएकाे छ। हामी विकृतिहरुमा साैन्दर्य देखिरहेका छाैं।

– अमिताभ श्रीवास्तव

मा प्रकाशित