वन महासंघ लुम्बिनीद्वारा देउखुरीको गढवामा अन्तरक्रिया सहित पाँच जना महिलालाई सम्मान

सन्तोष कुमार गुप्ता

देउखुरी १७ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले लैङ्गिक हिंसा बिरूद्धको अन्तरक्रिया कार्यक्रममा पाँच जना जेष्ठ तथा अपाङ्गता भएका महिलाहरुलाई सम्मान गरेको छ । महासंघ लुम्बिनी प्रदेशले आज आइतबार दाङ देउखुरीको गढवा गाउँपालिका १ बड्हरा स्थित कुलपानी पार्कमा आयोजना गरेको लैङ्गिक हिंसा बिरूद्धको अन्तरक्रिया कार्यक्रम जेष्ठ तथा अपाङ्गता महिलाहरुलाई सम्मान गरेको हो ।


वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार, लैङ्गिक हिंसा अन्त्यको सुनिश्चित महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा वन महासंघ दाङको समन्वय र कुलपानी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
वन महासंघकी लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता एवम् गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको लैङ्गिक हिंसा बिरूद्धको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका वार्ड नम्बर १ का जेष्ठ महिलाहरु कोइली कुमाल, सुजनी थारूकुमाल, कलावती यादव, सावित्री उपाध्याय र अपाङ्गता महिला तिलका बसेललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । महासंघकी अध्यक्ष भण्डारी र गाउँपालिका उपाध्यक्ष चौधरीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

वन महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्य तथा महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईको बिषय प्रवेशबाट शुरू भएको कार्यक्रममा वन महासंघका केन्द्रीय सदस्यहरू दिनानाथ शर्मा, कमल परियार, वन महासंघ लुम्बिनी प्रदेश सदस्य यमबहादुर थापा र कुलपानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव दिलबसी विक लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID