गढवा, १४ मंसिर । गढवा गाउँपालिकाको आयोजना तथा मुक्त कम्लहरी विकाश मञ्च घोराही दाङको आर्थिक सहयोगमा बालविवाहको अवस्था तथा बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी कानुनी प्रावधानबारे सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम गढवा – ७ मानपुरमा सम्पन्न भएको छ ।
गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा गढवाका २३ भन्दा बढी संघसंस्थाहरुको समन्वय सहकार्यमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकाको लगानीमा ऐक्यबद्ध भन्ने नाराका साथ १६ दिने अभियान सञ्चालन भैरहेको छ।
गढवा गाउँपालिकाले यस बर्ष सामान्य कार्यक्रम नगरेर लैङ्गिक हिंसा, बालबालिकाको अवस्था, बालविवाह, लैङ्गिक हिंसा बिरुद्धको कानुनी व्यवस्था लगायतका विषयमा कानुनी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
गढवा – ७ मानपुरमा सम्पन्न बालविवाहको अवस्था तथा बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी कानुनी प्रावधानबारे सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हिंसा गर्नु र सहन गर्नु दुबै समाजको लागि घातक हुने बताउदै हिसामा परेको आभास हुने बित्तिकै सम्बन्धित निकायमा उजुरी दिनु पर्ने बताउनुभयो। अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गर्नु भयो ।उपाध्यक्ष चौधरीले सामाजिक संरचनाका कारणले महिला माथि हिंसा भइरहेकाले यसको अन्त्यका लागि महिला र पुरुष दुवै उत्तिकै जिम्मेबार हुनुपर्ने बताउनुभयो ।विभेदकारी सोच बदल्न आग्रह गर्दै उपाध्यक्ष चौधरीले २१औं शताब्दिमा हिंसा स्विकार्य हुन नसक्ने भएकोले सोँचाईमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो। महिला माथि हुने हिंसा रोक्नका लागि महिलाहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरीले अतध्यात्मक चिन्तन बिना समाज बदल्न नसकिने भएकोले भौतिकबाद संगो अतध्यात्मबादमा बिस्वास हुने बेला आएको बताउनुभयो।
हत्या हिंसा चोरी डकैती लुटपाट जस्ता घृणित कार्य अतध्यात्मक ज्ञानको कमीले हुने गरेकोले हामी सबैमा अध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभयो। जस्तो कर्म गर्छौ त्यस्तै फल प्राप्त हुन्छ त्यसकारण सकरात्मक सौचौ सकरात्मक गरौ र सकरात्मक ज्ञान बाडौ समाज हिंसामुक्त हुन धेरै समय लाग्दैन वडाध्यक्ष चौधरीले बताउनुभयो।
त्यसैगरी कार्यक्रम बोल्दै प्रशिक्षक तथा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले समाजमा महिला पुरुष दुवै हिंसाको शिकार हुने गरेकोले समाजमा महिलामाथी मात्र हिंसा हुन्छ बुझ्नु गलत भएको बताउनु भयो । महिला पुरुष दुबै माथी हिंसा हुने गरेको तथ्याङ्क हरु धेरै रहेको बताउनुभयो। बालबिबाह समाज र परिवार दुबैको लागि हानीकारक रहेको बताउदै समाजमा २० बर्ष भन्दा कम उमेरमा हुने बिबाह समाजको लागि ठुलो समस्या बनेको बताउनुभयो। सामाजिक सञ्जाल प्रयोगमा प्रत्येक अभिभावकले निगरानी गर्नुपर्ने बताउदै लुम्बिनी प्रदेश आत्महत्याको पहिलो स्थानमा रहेको जानकारी समेत दिनु भयो। लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा भएको बताउदै हिंसा विरुद्धको आवाज उठाउन सबैमा अनुरोध समेत गर्नु भयो।
अभिमुखिकरण कार्यक्रम ७ नम्वर वडाध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमको प्रमुख प्रशिक्षकमा एम सि आर सि प्रशिक्षक देवी प्याकुरेल र ईलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली रहनु भएको थियो ।।
७ नम्बर वडा सदस्यहरु रेखा थापा, कमला नेपाली, मायाराम चौधरी, ५ नम्बर वडा सदस्य निर्मला नेपाली,७ नम्वर वडा सचिव शिव चरण चौधरी, मुक्त कम्लहरी विकाश मञ्चका जानु थापा खड्का, पत्रकार तथा रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठक, महिला स्वास्थ्य स्वयंसेविका सञ्जु चौधरी, सिता चौधरी र नारायणी बस्नेत, पुष्पा थापा, मुक्त कम्लहरी विकाश मञ्चका, ज्ञानु थापा,गढवा गाउँपालिका उध्दम विकास शाखाका मिना चौधरी, भिटा परियोजनाका जया बिश्वकर्मा, डिग्निटी डिफेन्डर निराशु कुमाल त्यसैगरी ७ नम्वर वडाका कटकनदार अघेरीया, बुध्दिजिवि समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो ।
७ नम्वर वडा सदस्य कमला नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।