राप्तीमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै

तुल बहादुर कवँर मगर

दाङ १० मंसिर। दाङको राप्ती गाउँपालिकालमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ।

पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हाे।

स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिकाे)काे आयोजना ,राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र यूएनडिपीकाे आर्थिक सहयोगमा साे कार्य गर्न लागिएको हाे।

डिजिटलाइजेशन गर्न काेभिड -१९ भ्याक्सिन लगाएका व्यक्तिहरुकाे सम्पूर्ण विवरण अनलाईन मार्फत भरिने छ।यसरी विवरण भरे पश्चात् एउटा काेड नम्बर प्राप्त हुने छ।

उक्त काेड नम्बर लिएर पालिकाकाे स्वास्थ्य शाखामा आए शाखाले प्रमाणीत गरेर तत्काल भ्याक्सिन लगाएको क्यूआर काेड उपलब्ध गराउन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो ।यसले गर्दा क्यूआर काेडकै लागि साइबर धाउनुपर्ने बाध्यताकाे समेत अन्त्य हुने छ।

डिजिटलाइजेशन भए पश्चात् पालिका क्षेत्र भित्र कुन खाेप क-कस्ले कति लगाए,कुन समुदाय र क्षेत्रमा खाेपकाे प्रभावकारीता के कस्तो छ भन्ने बारेमा जानकारी लिन सहज हुने रावतकाे भनाई छ।

काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन भएमा छाेटाे समयमै सजिलै भ्याक्सिन लगाएको र नलगाएका व्यक्तिहरुकाे विवरण पत्ता लगाउन सकिने र स्वास्थ्य सम्बन्धी भावी कार्ययोजनाहरु बनाउन सहज हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले काेभिड -१९ भ्याक्सिन लगायतका सबै नागरिकहरुकाे विवरण आवश्यक पर्ने भएकाले विवरण संकलन गर्नका लागि घरघरमा आउने गणकहरुलाई सहजरूपले विवरण उपलब्ध गराई सहयोग गरि दिनु हुन गाउँपालिकाबासी सबै लाई अनुरोध गर्नु भएको छ ।

हिकाे संस्थाले विवरण संकलनका लागि प्रत्येक वडा बाट ४/४ जनाका दरले गणकहरुलाई अभिमुखीकरण गरि आइतबार देखि पालिकाका ९ वटै वडाका गाउँ गाउँमा खटाएको स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिकाे)मा कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो ।

पालिकामा करिब ३५ हजार नागरिकले काेभिड -१९ काे विभिन्न भ्याक्सिन लगाएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID