श्रीमानकाे उपचार खर्च जुटाउन गाउँदै र माग्दै दृष्टिबिहीन सपना

गणतन्त्रनेपाल समाचारदाता

घोराही, ६ मंसिर । घोराही–४ गोग्ली निवासी दृष्टि बिहीन सपना खड्काको दैनिकी यतिबेला दुर्घटनामा घाइते श्रीमान्को उपचारका लागि बजारमा गाउँदै र माग्दै बिति रहेको छ ।

तनहुँ घर भएपनि लामो समयदेखि घोराहीको गोग्लीमा बसोबास गरिरहनु भएकी ३० वर्षिया सपनाको श्रीमान् भरत कार्कीको दुर्घटनामा खुट्टा भाँिचएको छ । सबै ठाउँमा हारगुहार गर्दै श्रीमान्को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइ रहनु भएकी सपनाले हालसम्म श्रीमान्को उपचारमा लाखौ रुपैयाँ खर्च गरिसक्नु भएको छ । प्रतिष्ठानले खुट्टाको अप्रेशन गर्दा २० हजार रुपैयाँ छुट दिएको हो ।

यसैगरी घोराही उपमहानगरपालिकाले ३ हजार सहयोग गरेको छ । यस बाहेक उहाँले राज्यको तर्फबाट कुनै सहयोग पाउनु भएको छ । जसले गर्दा श्रीमान्को उपचारसँगै आफ्नो घरपरिवार पाल्नका लागि उहाँले यतिबेला गाउँने पेशालाई अंगिकार गर्नु भएको छ । सबैको सहयोगको प्रतिक्षामा रहनुभएकी सपनालाई यदि तपाई कसैले पनि सहयोग गर्न चाहनु हुन्छ भने ९८६२६८२१८३ नम्वरमा उहाँलाई फोन गर्न सक्नुहुन्छ । यसैबीच सपनाको दुःख देखेर घोराही–१४ मिलनचोक निवासी माता आकृति खड्काले नगद तथा जिन्सी सहयोग गर्नुभएको छ । सहयोग गर्ने मात खड्कालाई सपनाले विशेष धन्यवाद दिनुभएको छ ।

मा प्रकाशित