
सुर्खेतका एक वडाध्यक्षले लोकसेवा परीक्षामा अमिन पास गरका छन्।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका हुन्।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो। सामाजिक सञ्जालमा सुदूरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइए पनि वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ।
वडाध्यक्ष रोकायले भने आफू जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा लाग्ने बताएका छन्। आफू पदमा रहेसम्म जनतालाई धोका नदिने उनले बताए।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




