गढवा उद्योग बाणिज्य संघद्वारा भुकम्प प्रभावित परिवारका लागि एकाउन्न हजार सहयोग

गढवा गाउँपालिकाको एकद्वार प्रणाली बाट सहयोग संकलन गर्दै

आलोक भावुक

गढवा, २३ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावित परिवारहरुलाई सहयोगका गर्न दाङ देउखुरीको गढवा उद्योग बाणिज्य संघले संकलन गरेको एकाउन्न हजार रुपैयाँ बिहिवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा लाई कार्यकक्षमै भेटेर हस्तान्तरण गरिएको हो।

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, नव निर्वाचित अध्यक्ष ओम प्रकाश बसेल (सफत ग्रहण बाँकी), निवर्तमान अध्यक्ष रविलाल आचार्य, त्यसैगरी रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, सन्दिप अधिकारी लगायतको टोलीले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माको बिशेष उपस्थितिमा सो रकम हस्तान्तरण गरेका हुन।

गढवा गाउँपालिकाका बिभिन्न व्यक्तित्वहरुबाट संकलित रकम गाउँपालिका अध्यक्ष लाई हस्तान्तरण गरादै उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले भूकम्प प्रभावित घरपरिवारहरुको दुखमा साथ दिन सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको बताउनु भयो । उद्योग वाणिज्य संघको पहिलो कार्य दुखमा पर्दा सहयोग गर्ने रहेको बताउदै अध्यक्ष बुढा मगरले देश र जनताअओ सुखदुखमा हरपल उद्योग वाणिज्य संघ साथमा रहेको बताउदै जाजरकोट केन्द्रविन्दु भएर गएको बिनासकारी भुकम्पका घर परिवारलाई राहत पुर्‍याउन आफुहरु सहयोग संकलन गरेको बताउनु भयो ।

सहयोग रकम बुझ्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा उद्योग बाणिज्य संघको अभियान उदाहरणीय कार्य भएको बताउनुभयो। हरेक बिपद्को समयमा उद्योग वाणिज्य संघले गरेको सहयोग नमुना कार्य भएको बताउनुभयो। साथै आगामी दिनहरूमा पनि गढवा उद्योग बाणिज्य संघ र गाउँपालिका सहकार्य गरी अघि बढ्नु पर्ने बताउनुभयो।

कात्तिक १७ गते रातको ११ बजेर ४७ मिनेतमा गएको ६ दशमलव ४ रेक्टरको भुकम्ले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षेती भएको छ । भुकम्पमा परि हालसम्म २ सय ५४ जनाले ज्यान गुमाइसकेको छ । सयौं घाइते भएका छन् । घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मा प्रकाशित