दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख आर्थिक सहयोग गर्ने

गणतन्त्रनेपाल समाचारदाता

गढवा, २० कात्तिक। दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग गर्ने क्रम बढेको छ।

पालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट एक दिनको सेवा सुविधा वा पारिश्रमिक बराबरको रकम पनि सहयोग उपलब्ध गराइने भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID