जाजरकोट भूकम्प प्रभावितको राहतका लागि गढवा गाउँपालिकामा बैठक जारी

आलोक भावुक

गढवा, १९ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ ।

गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा

पालिका उपाध्यक्ष, नि. प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय गढवा प्रमुख, विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल भैरहेको छ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत संकलन बारे बृहत छलफल हुने गढवा गाउँपालिकाले जनाएको छ ।

एकद्वार प्रणाली बाट राहत सामग्री शंकलन गरी र उपचारको लागी अत्यावश्यक सामाग्री सहितको बारे बृहत छलफल हुने बताइएको छ ।

कात्तिक १७ गते रातको ११ बजेर ४७ मिनेतमा गएको ६ दशमलव ४ रेक्टरको भुकम्ले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षेती भएको छ । भुकम्पमा परि हालसम्म २ सय ५४ जनाले ज्यान गुमाइसकेको छ । सयौं घाइते भएका छन् । घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मा प्रकाशित