माओवादी केन्द्र गढवाले जाजरकोटका भुकम्प प्रभावितका लागि राहत संकलन गर्ने

आलोक भावुक

गढवा, १८ कात्तिक । माओवादी केन्द्र गढवा गढवा गाउँपालिका कमिटीले जाजरकोटका भुकम्प प्रभावितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ ।

शनिबार माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले जाजरकोटका भुकम्प प्रभावितहरुको घाउमा मलम लगाउने उद्देश्यले तत्काल राहत संकल गर्ने निर्णय गरेको माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ ।

साथै २०८० कार्तिक १७ गते ११:४७ बजे आएको भुकम्पका कारण अकालमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली, घाइतेहरू प्रति शिघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजन प्रति समाबेदना प्रकट गर्ने निर्णय गरेको अध्यक्ष तिलक घिमिरेले जानकारी दिनु भयो।

जाजरकाेटका भुकम्प प्रभावितकालागि राहत संकलनको गर्न माओवादी केन्द्रको सबै तहका कमिटिहरुलाई राहत संकलन को लागि परिचालन गर्न निर्णय समेत गरेको छ। शुक्रबार राति गएको भुकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । भने १४० जना घाइते छन् ।जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको सार्वजनिक भएको छ भने ५५ जना घाइते भएका छन् । त्यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको सार्वजनिक भएको छ।

गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

मा प्रकाशित