राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

तुल बहादुर कवँर मगर

देउखुरी १७ कार्तिक ,२०८० राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ।

उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्थाले हाल सम्म पालिका क्षेत्रमा गरेकाे कामको उच्च प्रसंशा गर्नु भएको थियो । त्यस्तै अध्यक्ष विष्टले कृषि क्षेत्रमा सीप तथा प्रबिधिको बिकास गरि युवा जनशक्तिलाई कृषि पेशामा जोड्न सके मात्र कृषि उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सकिने र रोजगारी सृजना गर्न सकिने बताउदै यस कार्यमा सहयोग गर्न लाहिड्जी लाई आग्रह गर्नु भएको थियो।

विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जीले विशेष गरी कृषि, पशुपालन, खानेपानी, सिचाई लगायतका अन्य विभिन्न आयआर्जनका क्रियाकलाप गाउँपालिका सँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिरहेको बताउदै आगामी दिनमा थप कार्यक्रम र याेजनाका साथ काम गर्ने बताउनु भएको थियो ।

भेटमा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,विकास काेष नर्वेका नेपाल प्रतिनिधि याेगी कायस्थ ,नाम्सालिङ विकास केन्द्र दाङका संयाेजक शशाङ्क बाबू आचार्य र फिल्ड संयाेजक धर्म बहादुर यादव लगायतको सहभागीता रहेको थियो ।

संस्थाले गाउँपालिकामा सन् २०१७ देखि चार बर्षे परियोजना सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत सन् २०२१ देखि नयाँ ५ वर्षे परियोजना सञ्चालन गरिरहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID