लमही बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद

प्रिया स्मृति गजमेर

दाङ – चाडपर्व नजिकिदै गर्दा लमही नगरपालिकाले लमही बजारको अनुगमनलाई तिब्र पारेको छ । अनुगमनका क्रममा बीस हजार बढिको सामानहरु बरामद गरि नष्ट गरेको छ ।

लमहीको कान्छी रोडमा रहेको डिके सप्लायर्सले तीन वर्ष अघिनै म्याद गुज्रेका समान बिक्रि गर्दै आएको फेला परेको छ । सप्लायर्सका नाममा पसल संचालन गरि विभिन्न ब्राण्डका भारतिय कम्पनीका मिठाईहरु ग्रामीण भेगमा लगेर सस्तो मुल्यमा बिक्रि गर्दै आएको संचालकले स्विकार गरेका छन । त्यसैगरी लमही नगरपालिका -५ सुनखोलीमा रहेको जय शम्भो पाउरोटी उद्योगले एक दिन अगाडिको मिति राखेर पाउरोटी बिक्रि गरेको तथ्य फेला परेको छ ।

उक्त उद्योगलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिने भएको छ । उद्योगले दुई जना बालकलाई समेत कामदारका रुपमा राखेकोले बाल ऐन अन्तर्गत संचालकलाई कारबाही प्रक्रियामा लैजाने वडा प्रहरी कार्यालयले बताएको छ । त्यसै गरि गितेस किराना पसलबाट म्याद गुज्रेको एक प्याकेट बिस्कुट, आचार्य डेरीबाट उत्पादन गरेको मिति नराखेको तीन पोका डोनट बरामद गरिएको छ । अनुगमनमा लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा, अधिकृत लक्ष्मी सुवेदी, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख उदयराज भट्टराई, वडा प्रहरी कार्यालय लमहीका प्रहरी वरिष्ठ सहायक निरीक्षक सुरज शाही, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, केशवराज घिमिरे, अक्कबर अलि, सोभाखर अर्याल, वसन्त कुमार भण्डारी लगायतको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तु, म्याद गुज्रिएका सामानहरु बरामद गरि सबै नष्ट गरिएको छ । दर्ता नभएका पसलहरु नगरपालिकामा दर्ता गर्न, समयमा कर तिर्न, मानव स्वास्थ्यमा असर पर्ने खालका सामानहरु बिक्रीवितरण नगर्न व्यवसायीलाई अनुगमन टोलीले भनेको छ । डिके सप्लायर्स र जय शंभो पाउरोटी उद्योगलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ । यदि अटेरी गरेर त्यस्ता सामान बिक्रि गरेको पाइए कानून अनुशार कारबाही गरिने लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले बताउनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID