राप्तीमा ५ जना सडक मानवकाे उद्वार

तुल बहादुर कवँर मगर

राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा बिहीबार राति पालिकाकाे विभिन्न स्थान बाट ५ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार गरिएको छ।

केही दिन देखि सडकमा रात बिताउँदै आएका उनीहरूलाई उद्धार गरि निलसागर सेवा

आश्रम नेपालगञ्जको शाखा कार्यालय राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीकाे जिम्मा लगाइएको हाे ।

१ जना पुरुष सहित २ महिला लाईलवडा नं.१ काे भालुवाङ्ग बजार क्षेत्रबाट उद्वार गरिएको हाे।त्यस्तै १ जना पुरुषको पाखापानी क्षेत्रमा बाट उद्वार गरिएको छ भने अर्को १ जनाको माैरीघाट क्षेत्र बाट उद्वार गरिएको हाे।

राप्ती गाउँपालिका दाङका अध्यक्ष विष्टकाे अगुवाइमा गएको उद्धार टोलीमा वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,निलसागर आश्रम शाखा कार्यालय पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, राम नारायण चाैधरी,श्रीधर अधिकारी ,डाक्टर आशाराम धामी ,पदम विष्ट ,इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरीहरु लगायतको सहभागीता रहेको थियोे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID