६८औं प्रहरी दिवसको अवसरमा गढवा बजारमा सरसफाइ

आलोक भावुक

गढवा, २९ असोज। ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा इलाका प्रहरी कार्यालय गढवाले गढवा बजारको सरसफाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

ईलाका प्रहरी कार्यालय गढवाको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा बजारको सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६का जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय गढवामा कार्यरत प्रहरी,ट्राफिक प्रहरी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,स्थानीय समेतको सहभागितामा गढवा बजारको सरसफाई गरिएको इलाका प्रहरी कार्यालय गढवा प्रहरी प्रमुख नविन ओलीले जानकारी दिनुभयो।

समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै समुदायका अन्य सामाजिक कार्यहरु पनि प्रहरीको दायित्व रहेकाले बजार क्षेत्रको सरसफाई गरिएको प्रहरी प्रमुख वलीले बताउनुभयो।

सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय गढवाले बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

केही दिन पहिले मात्र इलाका प्रहरी कार्यालय गढवाले ६८औं प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली र कार्यरत प्रहरी जवानहरुबाट कार्यालयको परिसर भित्र विभिन्न जातका बोट विरुवाहरु निम,अशोक,जामुन बृक्षारोपण समेत गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID