देउखुरी, २५ असोज । नविल बैंक शाखा कार्यालय लमहीले सामाजिक उत्तारदायीत्व अन्तरगत लमही आँखा अस्पताललाई दुई लाख मुल्य बराबरको कुर्सी सहयोग गरेको छ ।
बैठक तथा कार्यक्रम कक्षको लागी सुविधा जनक कुर्सी सहयोग गरिएको बैंकका शाखा प्रमुख उत्सव श्रेष्ठले जानकारी दिनुभयो । विश्व दृष्टि दिवसको अवसर पारेर आयोजीत कार्यक्रममा दुई लाख बरावरको सहयोग हस्तान्तरण गरिएको हो ।
बैंकका शाखा प्रमुख श्रेष्ठले नेपाल नेत्रज्योती संघ दाङका उपसभापती रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी, प्रमुख प्रशासक शम्सेर थापा लगायतलाई हस्तान्तरण गर्नु भएको हो ।‘सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेका हौं । सामाजिक कार्यको लागी थोरै भएपनि हौसला थपिने छ’बैंकका शाखा प्रमुख श्रेष्ठले भन्नुभयो,‘विगतमा पनि सामाजिक उत्तरदायत्वि अन्तरगत सहयोगको हातहरु अघि बढाएका थियौं । आउने बर्षहरुमा पनि यस्तै काम गरिने छ ।’