परिणाम दिनेगरि काम गर्नु हैन भने सरुवा मागेर जानुस् : स्वास्थ्यमन्त्री खनाल

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

आइतबार मन्त्रालयका कर्मचारी सहितको बैठकमा स्वास्थ्यमन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरी समयसीमा तोकेर काम गर्न आग्रह गर्नु भएको हो ।

चालु आर्थिक वर्षदेखि सुरु हुने गरी मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक केही कार्यविधि अझैसम्म नबनेको प्रति असन्तुष्टि व्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधि तीन दिनभित्र बनाइसक्न निर्देशन दिनु भयो। ‘

जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस्, कुनै पनि काम पेन्डिङमा नराख्नुस्, यहाँ काम गर्ने मन छैन भने भन्नुस् अन्यत्र जाने व्यवस्था म गरिदिन्छु’ स्वास्थ्य मन्त्री खनालले कर्मचारीलाई भन्नुभयो ।

जनशक्ति कमीका कारण काम नभएको रेडिमेट जवाफ आफूलाई नचाहिएको भन्दै मन्त्री खनालले कामको प्रगति देखिनका लागि नभई नहुने जनशक्ति व्यवस्थापन छिट्टै गरिने बताउनुभयो ।

खाली दरबन्दीमा करारमा जनशक्ति नियुक्त गर्ने बाटो खुलिसकेको भन्दै स्वास्थ्य मन्त्री खनालले खाली रहेका पदमा तत्काल दर्खास्त खोल्न निर्देशन समेत दिनु भयो ।

प्रदेशमा रहेका सबै मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालय बन्नुपर्ने भन्दै मन्त्री खनालले स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नतिको प्रक्रिया सुरु गर्न पनि निर्देशन दिनु भयो ।

बैठकमा स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जिम्मेवारी अनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID