दाङमा तयार भयो २० करोड लगानीको मल्टिप्लेक्स सिनेमा हल

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १९ असोज। दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ।

घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन।

घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला सिनेमा हल बनाउन सुरू गरेका थिए।

जग्गासहित हल निर्माण गर्दा २० करोड जति खर्च पुगेको प्रबन्ध निर्देशक विजय रावतले सेतोपाटीलाई बताए।

‘भिएफएक्स सिनेमाज’ नामको जिल्लाको पहिलो मल्टिप्लेक्स सिनेमा हलको अध्यक्ष राना छन्।

असोज २६ गतेदेखि हलले व्यवसायिक रूपमा प्रर्दशन सुरू गर्ने प्रबन्ध निर्देशक रावतले जानकारी दिए।

दुई वटा स्क्रिनसहित चार सय १२ सिट क्षमताको यो सिनेमा हलमा एउटा टिकटको सिटअनुसार साढे तीन सयदेखि साढे पाँच सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको रावतले बताए।

एउटा हलमा दुई सय ४७ र अर्को हलमा एक सय ६५ सिट रहेको र तीमध्ये दुबै हलमा सुतेर हेर्न मिल्ने ३६ सिट रहेको उनले जानकारी दिए।

सुतेर सिनेमा हेर्न मिल्ने सिटको प्रतिव्यक्ति साढे पाँच सय शूल्क निर्धारण गरिएको छ भने अन्य सिटको साढे तीन सय शूल्क निर्धारण गरिएको छ।

‘अन्त सबैतिर थ्रिडीसहित सबै सिनेमा चल्ने हलहरू निर्माण भइसक्दा पनि दाङमा हालसम्म गुणस्तरीय हल थिएन,’ रावतले भने, ‘त्यही तथ्यलाई मध्यनजर गर्दै दर्शकको चाहाना ध्यानमा राखेर हामीले मल्टिप्लेक्स सिनेमा हलमा लगानी गरेका हौं।’

पहिलो दिन नेपाली चलचित्र ‘परदेशी २’ प्रदर्शन गरेर व्यावसायिक सुरूवात गर्ने तयारी सञ्चालकले गरेका छन्। योबाहेक अर्को कुन सिनेमा पर्दशन गर्ने भन्नेबारे छलफल भइरहेको रावतले बताए। नेपालीका साथै विदेशी चलचित्रहरू पनि प्रदर्शन गरिने प्रबन्ध निर्देशक रावतले जानकारी दिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID