गढवामा बिद्युतीकरणको लागि काठमाडौंको सर्भे टोली र जनप्रतिनिधिहरु बिच छलफल, नव प्रमुख लाई स्वागत 

आलोक भावुक

गढवा, १५ अश्विन। गढवा गाउँपालिकामा बिद्युत विस्तार,भोल्टेज कमबेसी, नयाँ ट्रान्सफरमर जडान लगाएतको कार्य सुरु हुने भएको छ। गढवा गाउँपालिकामा बिद्युत क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि काठमाडौँ बाट आएको सर्भे टोली र गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु संग छलफल भएको छ। छलफलको क्रममा गढवा गाउँपालिकाको बिभिन्न ठाउँमा देखिएका समस्याहरुको बारेमा वडाध्यक्षहरुले जानकारी दिनु भएको थियो।

छलफल कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, कार्यपालिका सदस्यहरु चन्द्रा केसी, मान बहादुर नेपाली, त्यसैगरी वडाहरु बाबुराम अधिकारी, भक्तु चौधरी, तुल्सीराम अधिकारी, लेख बहादुर थापा, विर बहादुर आले मगर, राहुलदेव चौधरी, लेखा अधिकृत सम्भुराज आचार्य, कृष्ण पौडेल लगाएतको उपस्थिति रहेको थियो। विभिन्न वडाका वडाध्यक्षहरुले आ-आफ्नो वडामा बिद्युत विस्तार लगायतका समस्याहरुको बारेमा अवगत गराउनु भएको थियो।

छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बिद्युत आपुर्तिमा देखिएका बिद्यमान समस्या र त्यसको निराकरणका लागि अल्पकालिन तथा दिर्घकालिन उपायहरुका बारेमा बृहत रुपमा छलफल गरी निराकरण गर्नु पर्ने बताउनुभयो। बिद्युत आपुर्ति समस्या सुल्झाउन एकले अर्कोको कमजोर होईन समन्वयात्मक भुमिका निर्वाह गर्नु पर्ने बताउदै हाल रहेका ट्रान्सफरमर, जृण बिद्युत पोलको मर्मत, र विद्युत नपुगेका ठाउँमा बिद्युतीकरण अवश्यक्ता अनुसार गर्न अनुरोध गर्नु भयो ।

नेपाल बिधुत प्राधिकरण लमही बितरण केन्द्र नव प्रमुख लाई सम्मान

त्यसैगरी नेपाल बिधुत प्राधिकरण लमही बितरण केन्द्रमा भरखरै सरुवा भई आउनु भएका कार्यालय प्रमुख युवराज रावत लाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीले टिका र खादा ओढाई स्वागत तथा सम्मान गर्नु भएको थियो।

स्वागत पछी छलफल कार्यक्रममा बोल्दै नेपाल बिधुत प्राधिकरण लमही बितरण केन्द्रका प्रमुख युवराज रावतले गढवा गाउँपालिका पुर्णरुपमा बिध्धुत सेवा दिन आफु हर सम्भव प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । गढवा गाउँपालिकाको बिभिन्न स्थानमा ५२ वटा ट्रान्सफरमर राख्ने तयारी भैरहेको जानकारी समेत दिनु भयो। गढवा गाउँपालिकाको ८ वटै वडामा भएका समस्याहरु टिपोट गरी पठाउन अनुरोध समेत गर्नु भयो ।

आर्थिक बर्षको मसान्तमा धेरै योजना आउने गरेकोले पुरा गर्न कठिनाई हुने बताउदै समयमा समास्या जानकारी गराए समयमा नै समाधान गरिने प्रमुख रावतले बताउनुभयो।

छलफल कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको थियो। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

मा प्रकाशित